ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु 

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १८,मंसिर   : त्रिभुवन राजपथमा पर्ने धुनिबेँसी नगरपालिका-६ चालिसेमा सोमबार विहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ७४०७ नं को ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका-६ महेशदोभान का २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए। विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो। सो घटनामा चितवनको खुरखुरे-११ घर भएका ट्रिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन्।