logo

असारभित्रै तुइनमुक्त मुलुक

630 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं-चालू आर्थिक वर्षभित्रमा मुलुक तुइनमुक्त हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले चालू आर्थिक वर्षभित्र मुलुक तुइनमुक्त हुने बताएको राजधानी दैनिकमा खबर छ ।

tuin-bridge-768x576डोलिडारका अनुसार हाल देशभरका तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको ‘देशभरि कुल १ सय ४८ वटा तुइन विस्थापित गरी झोलुङगे पुल बनाउनुपर्छ भनेर पहिचान भयो र काम थाल्यौं,’ डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठले भने, ‘गत आर्थिक वर्ष ६२ वटा झोलुंगे पुल बनाइसकेका छौं । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा थप १० वटा बनाइसकेका छौं, ७४ वटा यही वर्षभित्र सम्पन्न गर्नेछौं ।’ श्रेष्ठका अनुसार दुईवटा झोलुंगे पुल भने लामो दुरीका भएकाले थप एक वर्ष लाग्नेछ ।

 तुइन विस्थापित गरी झोलुंगे पुल

 ७२ वटा तुइन विस्थापित भइसके

 ७४ वटा झोलुंगे पुल यसै वर्ष

४ सय मिटरभन्दा लामो दुरीको झोलुंगे पुललाई डोलिडारले ‘मल्टी स्पान’ पुल भन्ने गरेको छ । मल्टी स्पान पुल निर्माण जटिल हुने र थप समय लाग्ने बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षअघि प्रधानमन्त्री हुँदा मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए । पहिलोपटक प्रधानमन्त्री भएका ओलीको पहिलो निर्णय नै तुइनमुक्त बनाउने रहेको थियो । उनले २५ असोज २०७२ मा दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने निर्णय गरेका थिए ।

महानिर्देशक श्रेष्ठका अनुसार मुलुकलाई तुइनमुक्त बनाउनका लागि सुरुमा १ सय ७८ वटा तुइन पहिचान गरिएको थियो । तर ३० वटा तुइन भने निजी कम्पनी, संस्था वा व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि निर्माण गरेको पाइएको थियो ।

निजी कम्पनीले नदी वा खोलामा ढुंगालगायत सामग्री वारिपारि ओसार्नका लागि तुइन बनाउने गरेको श्रेष्ठले बताए ।दुर्गम क्षेत्रमा मानिस हिँड्नका लागि बनाइएका सार्वजनिक तुइन पहिचान गरी सो स्थानमा मात्रै झोलुंगे पुल निर्माण गर्ने कार्यक्रम राखिएको श्रेष्ठले बताए ।

‘हामीले विस्थापित गर्नुपर्ने भनेर पहिचान गरेको तुइन जम्मा १ सय ४८ वटा मात्रै हुन्,’ श्रेष्ठले  भने, ‘त्यसमध्ये दुईवटा मल्टी स्पानबाहेक सबै पुल यस वर्ष बनिसक्नेछन् । कसैले फेरि तुइन राखेर तुइनको संख्या थपियो भने त्यो प्रक्रियाचाहिँ १०औं वर्ष पनि चल्न सक्छ ।’


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic