त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

528 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१० फागुन : हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।

ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। रासस