महरा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

1006 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं, २६ फागुन ।  वामगठवन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन्  । एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वाचित भएका हुन् ।

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद् सचिवालयले जनाएको थियो ।

बैठकमा नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव गर्नुभएको थियो भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका थिए ।

प्रधानमन्त्रीको विश्वासको मत आइतबार 

प्रतिनिधिसभाको अर्को बैठक भोलि फागुन २७ गते दिनको १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।