मिस ईकलेजका विजेताहरु थाइल्याण्ड भ्रमण गरेर स्वदेश फर्किए  

1234 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं ४ चैत्र  । सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु  काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम  ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पन्न गरेर नेपाल फर्केका छन ।

सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक सामाजीक विषयमा  वुझ्ने मौका मिलेको  उनीहरुले वताए । त्यस्तै गरि उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको  पनि अवलोकन गराइएको थियो भने विभिन्न सहरहरुको अवलोकन समेत गराईएको थियो ।

सवैभन्दा रमाइलो सफारी पार्कमा भएको अस्मी गौतमले वताईन ।  उक्त र्पाकमा विभिन्न जंगली जनावर वाघ भालु हरिण जिराफ उट गैडा लगयात विभिन्न प्रजातीका चराहरु साथै डल्फीन सोे, चिम्पान्जीको खेलहरु अवलोकन गर्न पाउदै साहै खुसी लागेको उनी वताउँछिन ।  आगामी दिनमा आयोजना गर्ने कार्यक्रम सहभागी भएर विजेता हुनेहरुलाई एसियाका विभिन्न देशहरुको भ्रमणको अवसर प्रदान गर्ने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त वताउँछन ।