मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदाको निधन

1017 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठकीकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । वरिष्ठ कलाकार श्रेष्ठकी पत्नी यशोदाको गएराति निधन भएको कलाकार शिवहरी पौडेलले जानकारी दिए । पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत् उनको निधन भएको जानकारी दिएका हुन् । यशोदा ६७ वर्षकी थिइन् ।

यशोदाको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो । क्यान्सर रोग पीडित उनलाई ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको निधनको खबर सार्वजनिक भए लगत्तै अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उनको आजै अन्त्येष्टि गरिने छ । यशोदाको जन्म २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा भएको थियो ।

.