राष्ट्रिय गौरवको ‘गल्छी–रसुवागढी’ सडकको मुआब्जा वितरण शुरु

424 पटक पढिएको

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १८:२५

सम्पादक: Dhading News

गल्छी-राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ ।

पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस (दुईपिपल, रातमाटे र जिलिङ)मा मुआब्जा वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । ती स्थानको जग्गाको मूल्य दुई लाख ५० हजार रुपियाँ देखि तीन लाख २५ हजार रुपियाँसम्म तोकिएको छ । जिप्रकाका लेखापाल रामजी लम्सालका अनुसार मुआब्जा रकम वितरण भइरहेको र हालसम्म ३५ जग्गाधनीले चार करोड छ लाख रुपियाँ बुझिसकेका छन् ।

       मुआब्जा निर्धारण समितिको बैठकले प्रारम्भिक मुआब्जा निर्धारणका लागि गठन उपसमितिले पेश गरेको प्रतिवेदन, जग्गाको वर्गीकरण, सरकार तथा अन्य निकायका सुझावलाई दृष्टिगत गरी जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक दायाँबायाँ १५–१५ मिटर जग्गाको मुआब्जा रकम निर्धारण भएअनुसार जग्गाधनीलाई रकम प्रदान भइरहेको उनले बताए । आयोजनाले मुआब्जा रकम वितरणका लागि २५ करोड रुपियाँ उपलब्ध गराएपछि प्रभु बैंक बट्टारशाखामार्फत जग्गाधनीलाई उक्त रकम वितरण भइरहेको र दशैं अघिसम्म रकम उपलब्ध गराइसक्ने लक्ष्य लिइएकोे जनाइएको छ ।

 मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण रकमअन्तर्गत साविकका तीन गाविसमा प्रतिआना खेतीयोग्य जग्गाको तीन लाख २५ हजार रुपियाँ र पाखो क्षेत्रको दुई लाख ५० हजार रुपियाँ तोकेको थियो । समितिले दोस्रो चरणमा साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुँदै मनकामनाको नयाँ पुलबाट मैलुङसम्मको मूल्य निर्धारण गर्ने जनाएको छ । ती स्थानमा पर्ने जग्गाको क्षेत्रफलको सूचना प्रकाशन भइसकेको छ । तेस्रो चरणमा विदुर नगरपालिकाको ढुङ्गे बजारदेखि वडा नं ५ देवीघाट बजारसम्मका जग्गाधनीको जग्गाको क्षेत्रफलसहितको सूचना प्रकाशन गरिने आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । उनका अनुसार मुआब्जा निर्धारणमा भएको विवादले सडक विस्तारको काम अघि बढाउन भइरहेको समस्या अब समाधान हुने र निर्माणले तीव्रता पाउने छ ।

                    ‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्न ८२ किलोमिटर दूरी छ । त्रिदेशीय एवं अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको उक्त सडक ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका नेपाल सरकारले र ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक नौ अर्ब ५० करोड रुपियाँको लागतमा चीन सरकारले गरिरहेको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुसम्म ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत निर्माण भइरहेको छ ।उक्त ठेकेदार कम्पनीलाई तीन अर्ब ६३ करोड रुपियाँमा काम गर्ने जिम्मा दिइएको हो । स्याफ्रुदेखि रसुवागढीसम्मको विस्तार एवं स्तरोन्नति चीन सरकारमार्फत नै अघि बढाउन लागिएको छ ।रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१५ आश्विन २०७५, सोमबार १८:२५ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को.....

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

Categories