धादिङको गजुरीबाट एक सय पाँच केजी चरेश वरामद

1606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको गजुरीबाट प्रहरीले एक सय पाँच किलो अबैध लागू औषध चरेश बरामद गरेको छ । चरेश संगै प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेको छ भने भाडाको बस पनि नियन्त्रणमा लिएको छ ।
धादिङको गजुरी हुंदै विरगन्ज तर्फ जान लागेको चेन्नई एक्सप्रेसको ना ५ ख २८१२ नम्बरको बस आईतबार विहान ४ वजे तिर गजुरीबजारमा रोकी चेक जाँच गर्नेक्रममा ५ वटा वोरामा प्याक गरी ल्याएको अवस्था उक्त चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बिरगन्जबाट काठमाण्डौं तर्फ आएको सो बस गजुरीबजार पार गरेर केही माथि पुगि फर्काएर पुन विरगन्जतर्फ जान लागेको देखेपछि शंका लागेर बसमा चेक जाँच गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनुभयो । बसमा अरु यात्रु कोहि पनि नभएको र बिरगन्जबाट आएको बस बिचबाटोबाटै फर्काएर विरगन्ज तर्फ जान लागेको देखेपछि शंका लागेर खानतलासी गर्दा बसको पछाडी वोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ग्रामीण भेगबाट ठुलो परिणामको चरेश बिक्रीका लागि लैजाने तयारी भईरहेको पुर्व सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीका निरीक्षक नवराज ढुंङ्गेल र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीका बिशेष कमाण्ड  राजमार्ग क्षेत्रमा खटिएको पनि प्रहरी उपरिक्षक वैदवारले जानकारी दिनु भयो ।
प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा बसका चालक पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर ८ का ४५ बर्षिय लालवहादुर साह,सह चालक वारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षिय अनिल चौधरी र विवाहको लागि भन्दै बस रिजर्भमा लिएर आएका पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का १९ बर्षिय श्रीराम साह कानूलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको छ । पक्राउ परेका सबैलाई अनुसन्धानका लागि न्यायीक हिरासतमा राखिएको प्रहरी उपरिक्षक वैदवारले जानकारी दिनुभयो । वरामद गरिएको चरेश र पक्राउ परेका व्यक्तिलाई आईतबार दिउँसो जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
यसै गरी प्रहरीले वालविवाह गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिकावडा नम्बर ४ की १७ बर्षिया वालिकालाई विवाह गरेको आरोपमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ बस्ने १९ बर्षिय सागर रोक्का, निज संग विवाह गर्ने वालिका र दुवै जनाको बाबुहरुलाई पक्राउ गरि थुनामा राखेको हो ।