जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

258 पटक पढिएको

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार २२:२०

सम्पादक: Dhading News

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु २ लाख सहयोग हस्तान्तरण गरेको छ ।

जनभोजन कार्यक्रमको कार्यालय थाँक्रे गाउँपालिकाको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेललाई सो रकम  हस्तान्तरण गरिएको हो ।

प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खाना खुवाउदै आएको छ ।

साथै धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । दैनिक करिव रु ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो ।

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अगाडी देखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आइरहेको छ ।

उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

६ भाद्र २०७६, शुक्रबार २२:२० मा प्रकाशित

समाचार

सबै

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला प्रहरी कार्यालय धादिङले तिव्र पारेको छ । सोही अभियान अन्तरगत चोरी मुद्दामा धादिङ जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ.....

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै.....

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको.....

Categories