विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

300 पटक पढिएको

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार १८:५८

सम्पादक: Dhading News

धादिङ, ३१ भदौ – नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् ।
धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी नगरपालिका वडा नम्बर ९ पिपलामोड स्थित त्रिभुवनराजपथबाट मंगलवार विहान ६ वजे तिर पक्राउ गरेको हो । प्रदेश नम्बर ३–०२–००७ प ०९२७ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पत्रकार सम्मेलन गरि गुरुङ पक्राउ परेको जानकारी गराएएको छ । धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारका अनुसार गुरुङ माथि विष्फोटक पदार्थ, संगठित अपराध, अपराधिक उपद्रव लगायतका बिषयमा ५ वटा छुट्टाछुट्टै मुद्धा दायर भएको र निज फरार रहँदै आएकाले पक्राउ गरि अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको हो ।
गुरुङलाई प्रहरीले गएको असार १० गते सिद्धलेक गाउँपालिकामा पर्ने कालुपाण्डे मार्गको मुक्तिनाथ मन्दिर नजिकै सार्वजनिक स्थानमा बम राखेको, साउन १५ गते सिद्धलेककै लेखाडाँडाका साथै जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको टावरमा भएको आगजनी तथा बम विष्फोटको नेत्तृत्व गरेको लगायतका बिषयमा मुद्धा दायर गरेको छ ।
बम विष्फोट, आगजनी संगठित अपराधका घटनामा संलग्न रहेको आरोपमा गुरुङ सहित १३ जना माथि मुद्धा दायर भएकोमा जिल्लाको रुवीभ्याली गाउँपालिका २ का चेरुङ तामाङ र गल्छी गाउँपालिका ३ का टिका खतिवडा सिद्धलेकका इश्वर पाण्डे र धनवहादुर घले पक्राउ परेकोमा इश्वर पाण्डे वाहेक अरु तीन जना जनही एक लाख धरौटीमा छुटिसकेका छन भने चेरुङ तामाङ विप्लव नेकपा त्यागेर समाजवादी पार्टीमा प्रवेश गरेका छन । पाण्डेले धरौटी वुझाउन नसक्दा उनि जेल चलान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अझै ८ जना फरार रहेका छन् ।


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३१ भाद्र २०७६, मंगलवार १८:५८ मा प्रकाशित

समाचार

सबै

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत.....

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन ।.....

मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा

धादिङ, १७ मंसिर-  बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको.....

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र.....

साङकोष आँगेटारीकी अचेत ‘लक्ष्मी’ बोल्न सक्ने भइन

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराईरहेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२,.....

Categories