कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

300 पटक पढिएको

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार २१:५२

सम्पादक: Dhading News

 

 

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११ जनालाइ नगद सहित पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिका वडा ४ बाट कांग्रेस नेता भण्डारी सहित ११ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । बुढानिलकण्ठ नगरपालिका भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो ।


गएराति पक्राउ परेका उनीहरुको साथबाट चार लाख १ हजार १५ रूपैयाँ बरामद भएको पनि प्रहरीले जनाएको छ । भण्डारी बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि समेत रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूको साथबाट कौडा १८ थान र १ बुक तास पनि बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरेका छन् ।
पक्राउ पर्ने अन्यमा बुढानिलकण्ठ नपा वडा नं ४ का ४३ वर्षीय उत्तम कुईकेल, ३४ वर्षीय कृष्ण खत्री, ३२ वर्षीय मनोज खत्री, ३८ वर्षीय प्रेम दुलाल, ३५ वर्षीय नारायण खत्री, ३९ वर्षीय रोहित खत्री, ३६ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४३ वर्षीय नारायण भण्डारी, टोखा नपा वडा नम्वर २ वस्ने ३४ वर्षीय वालकृष्ण श्रेष्ठ र ४२ वर्षीय हरि प्रसाद डंगोल रहेका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२७ आश्विन २०७६, सोमबार २१:५२ मा प्रकाशित

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories