दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

2565 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुवहादुर लामा (सान्ता तामाङ) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ताको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर घाइते भएका छन् ।

घाइतेका अफन्तका अनुसार उनलाई बुधबार बिहान काठमाडौस्थित ग्रीन सिटी अस्पताल लगिएको छ । तामाङको टाउको र घाँटीमा गम्भिर चोट लागेको छ ।

गतराति घरम वसिरहेको बेला हतियारधारी समूहले खुकुरी र ढुंगामुढा प्रहार गरेको पीडितका आफन्तहरुले बताएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा बढ्दै गएको अपराधिक कृयाकलाप नियन्त्रणका लागि प्रहरीले बिशेष अभियान सञ्चालन गर्दै आएको भएपनि त्यस्ता गतिविधि रोकिन सकेको छैन ।

जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार दुई समुहको पुरानो आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले दखाएपनि घटनाको विस्तृत अध्ययन भईरहेको छ । घटनामा संलग्न नेत्रावती डबजोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

धादिङ क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा मंगलबार रातीको घटना भएको पीडितका आफन्तहरुले दावी गरेपनि प्रहरील अनुसन्धान पछि मात्रै यस बारेमा भन्न सकिने वताएको छ । घटनामा संलग्न पक्राउ परेका राम तामाङ यस अघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहँदै पटकपटक पक्राउ पर्दै छ्ट्दै आईरहेका समेत परिसकेका व्यक्ति हन् ।