लम्सालको ‘धोका खुवाउनेलाई’ वजारमा

569 पटक पढिएको

सम्पादक: Dhadingnews.com

शिशिर सिंखडा
चितवन    /   लोक तथा दोहोरी गिती एल्वम ‘धोका खुवाउनेलाई’ हालै वजारमा आएको छ । पुर्वि चितवन पिठुवा ७ का रचनाकार यादव लम्सालको प्रस्तुती रहेको एल्वममा रेडियो चितवनका सञ्चारकर्मी एवंम गायक रामु आचार्य र गायक केशव शर्मा तथा अनिता शर्माको स्वर रहेको छ । Dhoka Khuwaune Lai CD cover Final
एल्वमको संगीत संयोजन संगीतकार अर्जुन पोखरेलले गरेका छन् । जनजागृति उच्च मावि पिठुवामा स्कुले जिवन विताएका रचनाकार लम्साल कक्षा कोठामा र स्कुलको कार्यक्रममा समेत गित रचना गर्ने तथा सुनाउने गर्दथे । वाल्य अवस्था देखीनै गित संगीत भनेपछि औधी मन पराउने लम्सालको यस भन्दा अगाडी २०५९ सालमा पहिलो पटक शहर नामक आधुनिक गिती एल्वमा वजारमा आइसकेको थियो । त्यस पश्चात २०६५ सालमा लोक गितको एल्वमा दैलो खोलेर समेत रचनाकार लम्सालले स्रोता माझ प्रस्तुत गरेका छन् ।
आर्थिक अभावले आफुले रचना गरेको करिव एक दर्जन गित वजारमा ल्याउन नसक्दा उनि साह्रै दुखी छन् । मध्यम परिवारका लम्साल गित संगीत क्षेत्रमा लगानी गर्ने लगानीकर्ता भेटीएमा आफुले वर्षमा नै दुई तिनवटा लोक गितको एल्वम वजारमा ल्याउन सक्ने वताउछन् ।