धादिङ न्युज डट कम जिल्लाको पहिलो अनलाईन पत्रिकाको रुपमा सूचिकरण
210 पटक पढिएको
धादिङ/धादिङ जिल्ला बाट सन्चालनमा आएको धादिङ न्युज डट कम धादिङ जिल्लाको पहिलो आधिकारिक अनलाईन डिजिटल पत्रिकाको रुपमा सूचिकरण भएको छ ।
नेपाल सरकार मन्त्रीस्तरबाट निर्णय भई Electronic Media खासगरी Online समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गर्न काउन्सिललाई जिम्मेवारी तोकिए बमोजिम अनलाइन पत्रकारितालाई व्यवस्थित बनाउदै जाने र आचारसंहिता अनुगमनका लागि समेत नेपालबाट संचालित पत्रकारितालाई व्यवसायको रुपमा संचालन गरिरहेका अनलाईन पत्रिकाहरुलाई सूचिकरण का लागि प्रेस काउन्सिल नेपालले तोकिदिए अनुसारको सूचीकरण फाराम भरी धादिङ न्युज डट कम प्रेस काउन्सिल नेपालमा अनलाइन पत्रिकाको रुपमा सूचिकरण भएपछी जिल्लाको आधिकारिक पहिलो अनलाइन पत्रिका बन्न पुगेको हो ।
नेत्रावती मिडिया प्रा लि ले सन्चालनमा ल्याएको धादिङन्युज डट कमले धादिङ जिल्लाका खोजखबरका साथै बिबादरहित खबरहरु दिदै आईरहेको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
१४ भाद्र २०७०, शुक्रबार १७:५४ मा प्रकाशित