ओडारमा बस्ने आईतरामले पाए नागरिकता

342 पटक पढिएको

प्रकाशित मिति: २२ पुष २०७०, सोमबार ०१:१०

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ,-चार दशक अघि देखि ओढारमा बस्दै आईरहेका धादिङको धुषा गाविस बरपुकका ५२ बर्षिय आईतराम चेपाङले आईतबार   नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन । Copy of SAM_0852
आफन्तहरु कोही नभएपछि गाँउ नजिकैको जंगलको ओडारमा चारदशक अघि देखी बस्दै आईरहेका आईतरामको वारेमा गएको मंसिर २४ गते समाचार प्रकाशित भएको थियो । ‘चार दशक देखि ओडारमा – एउटा घर भए बिहे गरेर घरजम गर्ने धोको थियो’ शिर्षकमा प्रकाशित समाचार हेरेपछि मन्त्री परिषदका अध्यक्ष खिलराम रेग्मीले चेपाङलाई तत्काल नागरिकता प्रमाणपत्र वितरण गर्न र घरको लागि आवश्यक सहयोग गर्न धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेललाई निर्देशन दिएका थिए ।
चेपाङलाई धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले आईतबार   जिल्ला प्रशासन कार्यालय धादिङमा २६÷१ ७०५०५ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन । नेपाली नागरिकता प्राप्त गरेपछि चेपाङ दङ्ग परेका थिए । घरवार विहिन अवस्थामा रहेका आईतरामलाई धादिङ जिल्लामा संचालन भईरहेको जनता आवास कार्याक्रम मार्फत घर उपलव्ध गराउन पहल गरिने नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले वताएका छन ।
१२ बर्षको उमेर हुंदा आमा बुवाको मृत्यु भए पछी बेसहारा बनेका आईतरामले यहि ओढारलाई आश्रयस्थल वनाउंदै आईरहेका छन । ओडारमा एक्लै बसेर जिविकोपार्जनका उपायहरु खोज्दै गर्दा अहिले सम्म बिहे गर्न पनि नभ्याएको उनले वताए । ओढारमा बस्दै आईरहेका आईतरामको अलिकती खोरीयावारी छ । ओढ्ने ओछ्याउने केही नभएका कारण ओढारको छेउमा आगो वालेर रात काट्ने गरेका आईतरामको ज्यानमा लगाएको बाहेक अरु केही कपडा समेत छैन । जिल्ला सदरमुकाम सम्म आएर नागरिकता वनाउनका लागि आउने जाने मोटर भाडा नहुंदा आंफुले नागरिकता वनाउन नपाएको आईतरामले वताए पछि धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले धुषा गाविसका सचिव राजेश लम्साललाई चेपाङलाई सदरमुकाम ल्याउने लाने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । गाउं सर्जमिन जुटेपछि गाविस सचिव लम्सालको सहयोगमा पहिलो पटक सदरमुकाम आईपुगेका आईतरामले अव एउटा घर वनाईदिन पनि सहयोग मागेका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२२ पुष २०७०, सोमबार ०१:१० मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories