एमाले धादिङका अध्यक्ष खेम लोहनी केन्द्रिय सदस्यमा उठ्ने

1472 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_0369धादिङ– नेकपा एमालेको नवौं महाधिबेशनको मिति नजिंिकंदैं जांदा पार्टीको केन्द्रिय नेत्तृत्वमा जान चाहने आकांक्षीहरुको नाम सार्वजनिक हुन थालेको छ । धादिङ जिल्लाबाट प्रतिनिधि भई महाधिबेशनमा पुगेका मध्ये धेरैले केन्द्रिय नेत्तृत्वमा पुग्नका लागि इच्छा देखाएको भएपनि एमाले धादिङका अध्यक्ष खेम लोहनीले भने नवौं महाधिवेशनमा आंफु केन्द्रिय सदस्य पदमा उम्मेदवार वन्ने सार्वजनिक घोषणा गर्नुभएको छ । जिल्लाका अन्य आंकाक्षीहरुको नाम वाहिर नआउंदै पार्टीका जिल्ला अध्यक्ष लोहनीले भने आफ्नो दावेदारी सार्वजनिक गर्नुभएको हो । दुई बर्ष अघि देखि धादिङको एमाले पार्टी नेत्तृत्वलाई कुशलतापुर्वक हांकिरहनु भएका लोहनीको नेत्तृत्वमा २०७० मंसिरको संविधान सभा निर्वाचनमा धादिङ जिल्लाले शतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो । धादिङ जिल्लालाई एमालेको किल्ला वनाउन सफल कमाण्डरका रुपमा राष्ट्रिय स्तरमा चर्चा पाउनु भएका अध्यक्ष लोहनीले पार्टीको केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।
लोहनीको जन्म २०१७ साल साउन २२ गते धादिङ जिल्लाको चैनपुर गाँउ विकास समितिको वडा नम्बर ३ मा भएको हो । अंग्रेजीमा एम.एड र ग्रामीण विकासमा एम.ए सम्मको अध्ययन पुरा गर्नुभएका लोहनीले भारतको राजस्थानमा रहेको मेवार बिश्वबिद्यालयवाट समाजशास्त्रमा पिएचडिको तयारीका लागि अहिले पनि अध्ययन गरिरहनुभएको छ । जिल्लामा रहेका राजनैतिक दलका नेत्तृत्वहरुमा लोहनी उच्च तहको अध्ययन गर्ने व्यक्तिमा पर्नुहुन्छ । २०३५ सालमा बिद्यार्थी राजनितीवाट वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएका लोहनीले २०३६ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा तत्कालिन नेकपा मालेको बिद्यार्थि संगठनको प्रारम्भिक कमिटीको अध्यक्ष र स्ववियुको कोषाध्यक्षको जिम्मेवारी वहन गर्नुभएको थियो । यसैगरी २०३९ सालमा त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरको सदस्य हुंदै २०४० सालमा अनेरास्ववियु वागमती अंचल क्षेत्रीय कमिटीको उपाध्यक्ष हुनुभएका लोहनी २०४२ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मंच धादिङको अध्यक्ष भएर जिल्लाको पार्टी राजनितीमा सक्रिय हुनुभएको थियो ।
पार्टी संगठनले दिएको हरेक जिम्मेवारीलाई कुशलतापुर्वक वहन गर्दै अगाडी बढ्ने क्षमता भएका कारण लोहनीलाई २०४४ सालमा पार्टीले जिल्ला पञ्चायतको जनपक्षिय उपसभापतीको उम्मेदवार समेत वनाएको थियो । २०४२ सालदेखिनै जिल्ला पार्टीमा सक्रिय रहनुभएका लोहनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ ( प्ररायुसंघ) नेपालको २०४७ सालमा स्थापना भएलगत्तै धादिङ जिल्ला समितिको संस्थापक अध्यक्षका रुपमा रहेर संगठनको नेत्तृत्व समेत सम्हाल्नु भएको थियो । पार्टीमा विभिन्न तहको जिम्मेवारी सम्हाल्दै अघि बढ्नेक्रममा २०४७ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाउनुभएका लोहनीले २०५१ देखि २०५४ सम्म जिल्ला कमिटीको उपसचिवको जिम्मेवारी समेत पुरा गरिसक्नु भएको छ । २०४९ सालमा जिल्ला विकास समितिको सभापती पदमा उम्मेदवारी दिएर पराजित हुनुभएका लोहनीले २०५४ सालमा भने जिविस सभापती पदमा विजय हासिल गरेर पांच बर्ष सम्म कुशलताका साथ जिल्ला विकास समिति संचालन गर्नुभएको थियो । लोहनीले त्यतिखेर ल्याउनुभएको विकासका योजना र कार्यक्रमहरुका कारण अहिले पनि उहां निकै लोकप्रिय रहनुभएको छ । जिविसको सभापती हुंदा धादिङको मुहार फेर्ने कामको अगुवाई गर्नुभएको थियो । लोहनीको नेत्तृत्वमा रहेको तत्कालिन जिल्ला विकास समितिलाई धादिङको विकास र निर्माणका लागि स्वर्णिम अवधि मानिन्छ ।
नेकपा एमालेको वाग्मती अञ्चल कमिटीको सदस्य एवम स्कुल विभाग प्रमुखको जिम्मेवारी पुरा गर्दै पछिल्लो समयमा वाग्मती अञ्चल कमिटीको सदस्य एवम राष्ट्रिय प्रतिनिधी परिषद सदस्यको जिम्मेवारीमा रहनुभएका लोहनी २०६९ फागुन १८–२० धादिङबेसीमा सम्पन्न पार्टीको सातौं जिल्ला अधिबेशनवाट अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको थियो ।
राजनिती संगै विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएका लोहनी नेपाल चिन हिमालय मैत्री समाज (नेचिप्स) को केन्द्रिय कार्य समिति सदस्य एवम धादिङ जिल्ला अध्यक्ष , मदन भण्डारी फाउण्डेशनका साथै धादिङ सामुदायिक आंखा केन्द्रको पनि अध्यक्षको जिम्मेवारी वहन गरिरहनुभएको छ । साथै राजनिती संगै अध्ययन र सामाजिक क्षेत्रका कार्यलाई पनि निरन्तरता दिदै आर्ईरहनुभएका लोहनी सुशासन,क्षमताअभिबृद्धि लगायतका बिषयका राष्ट्रिय स्तरका प्रशिक्षक समेत हुनुहुन्छ । आंफुसंग भएको सिप र क्षमतालाई सहि काममा सदुपयोग गर्नुपर्छ भन्ने मान्यता लोहनीको छ । कम वोल्ने र तार्किक बिषयवाट अभिव्यक्ति दिने लोहनीको बिशेषता हो । एमालेको नवौं महाधिबेशनले लोहनीलाई पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित गराउने विश्वास गरिएको छ ।