तपाईलाई बच्चा चाहिएको छ ? फोन गर्नुहोस्

482 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । निःसन्तान हुनुहुन्छ ? वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म बच्चा हुन नसकेपछि अरुकै बच्चा पाए राम्ररी पाल्थें भन्ने सोंच छ भने महिला तथा बालबालिका कार्यालयमा ‘सम्पर्क’ गरिरहनु होला ।


नौ महिना कोखमा राखेर जन्माएको बच्चा अलपत्र छाडेर भाग्ने कोही निर्दयी आमा फेला नपरेमा तपाईँको सन्तानको चाहना पुरा हुन सक्छ । महिला तथा बालबालिका कार्यालय, बाँकेले यस्ता सात दम्पत्तीको सन्तानको चाहना पुरा गरिसकेको छ, नेपाल समाचारपत्रमा खबर छ ।

बलात्कृत भएर जन्मिएका, अबैध सम्बन्धबाट जन्माएर फालेका तथा लिंगभेद या अन्य कारणले अलपत्र फालेका शिशुहरु जिउँदो फेला परेमा कार्यालयले निःसन्तान दम्पतीलाई दिने गरेको हो ।

अलपत्र शिशु भेटिएको खबर बाहिर आउने वित्तिकै कार्यालयमा पुग्ने दम्पतीको कमी पनि छैन । कोही वर्षौदेखि निवेदन हालेर बसेका छन् । पुस २३ गते भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा जन्माएर पासाङल्हामु मार्गस्थित होटलमा छाडिएको बच्चालाई माग्न दुई दम्पती आइसकेका छन् । शिशुलाई कार्यालयले तीन वर्षदेखि नै माग गरिरहेका बर्दियाका एक दम्पतीलाई दिने तयारी गरेको छ ।

– See more at: http://www.onlinekhabar.com/2015/01/230018/#sthash.fA5Bd87K.dpuf