फरार अभियुक्त खोज्दै धादिङ प्रहरी, ७ महिनामा ५८ जना पक्राउ

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pakraauधादिङ–विभिन्न अपराध गरी फरार रहेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यलय धादिङले अभियानै चलाएको पक्राउन गर्न थालेको छ । जिल्ला प्रहरी कार्यलय धादिङमा प्रहरी प्रमुख प्रकाश मल्ल सरुवा भएर धादिङ आएपछी फरार अभियुक्त पक्राउन गर्नको लागि विषेश अभियान सन्चालन गर्नुभएको हो । यसै आर्थिक बर्षको ७ महिनाको अविधिमा ५८ जना फरार अपराधी पक्राउन गर्न प्रहरी सफल भएको छ । ती अभियुक्तबाट २ करोड ७३ लाख जरीवाना असुल भएको छ । फैसला हुन बाँकि १३ जनासमेत ५८ जना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न जधन्य अपराधमा अदालतले कैद तथा जरिविाना तोकेका र मुल्तवी मुद्वाका फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले सक्रियता देखाएको छ । अदालतले कैद सजाय तोकी बर्सौँ सम्म फरार अपराधीबाट सजाय र जरिवाना असुल गर्न पक्राउ गर्दै प्रहरीले अदालतमा बुझाउने अभियान थालेको हो । पक्राउ पर्नेमा सबैभन्दा बढी कर्तव्य ज्यान र बलात्कार अपराधमा सजाय सुनाईएका र मुद्वा प्रक्रियामा रहेका फरार अभियुक्तहरु रहेका छन् । आर्थिक बर्षको हालसम्म जिल्लामा ८१ वटा घट्ना भएको छ ।