आगिन्चोक गाविस वडा नं. १, २ र ३ मा राहत वितरण

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11188301_1060403683974015_6244461017912386805_nएस.ओ. एस. बालग्राम छोरेपाटनका शिक्षक–शिक्षिका छेतिन ढाक्पा तथा छिरिङ लामाको सक्रियतामा धादिङ
जिल्लाको आगिन्चोक गाविस वडा नं. ३ र २ का भुकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । उक्त स्थानको २४ घर परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छिरिङ लामाले गोल्डेन न्यूजकलाई जानकारी दिनुभयो । राहत सामाग्रीहरुमा त्रिपाल, व्लाङ्केट, चामल, आँटा, च्यूरा, चिनी, नुन, चाउचाउ, तेल, ट्रेकिङ म्याट, साबुन, मञ्जन, टुथव्रसका साथै बालबालिकाका लागि कपडा, खानेकुरा रहेको थियो । राहत सामाग्रंी पाएपछि स्थानीयले खुशी हुँदै राहत वितरण गर्न जाने टोलीलाई धन्यवाद दिएका थिए । उक्त गाउँमा पहिलो पटक राहत पुगेको बताइन्छ । राहत वितरणका लागि टासी टिरिङ्ग, लोप्साङ छोजिङ्ग, साइकल सिटी पोखराका अभिषेक कोइराला लगायत पोखराबाट धादिङको आगिन्चोक गाविस वडा नं. ३ स्थित गोलाङ गाउँमा पुग्नुभएको थियो । उक्त राहत सामाग्रीमा साइकल सिटी पोखराका उपाध्यक्ष प्रकाश बज्राचार्यको समेत सहयोग रहेको बताइन्छ । यसैगरी शिक्षक–अभिभावक संघ टासिलिङ्ग क्याम्प छोरेपाटन पोखराका एक टोलीले समेत धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नं. १ गोलाङटारमा मंगलबार राहत वितरण गरेको छ । करिब १ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको एसी दोर्जेले जानकारी दिनुभयो । राहत वितरणका लागि फूर्वा ड्याम्डोल, तेन्जिङ ग्याल्मो, लोप्साङ ढाक्पा, कल्साङ डोल्कर, पासाङ दोर्जे धादिङ सहभागी हुनुभएको थियो  ।