त्रिपुरा पुस्तक पसलको पहलमा गाउं गाउंका भुकम्प पिडितलाई सहयोग

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10154997_977416168964723_4910480499734363677_nधादिङ– महाभुकम्पमका कारण बिचल्लीमा परेका स्थानीयवासीको सहयोगका लागि विभिन्न संघ सस्था,विदेशी सहयोगी दाताहरु,सरकारी निकाय सक्रिय रहेपनि गाउं गाउंमा अझै सम्म राहत पुग्न सकेको छैन । भुकम्पमा परेर घरविहीन हुन पुगेपनि अहिले सम्म कुनै किसिमका राहत सहयोग नपाएकाहरुको लागि निजी प्रयासमा राहत सामाग्री बितरण गरी सहयोग गर्नेक्रम बढ्न थालेको छ ।
भुकम्प पिडितहरुको सहयोगका लागि गाउं गाउंमा पुगेर राहत बितरण गर्नेमा त्रिपुरा पुस्तक पसल धादिङका प्रोपाईटर नारायणकुमार श्रेष्ठ पनि अग्रमोर्चामा देखिएका छन । श्रेष्ठको पहलमा नीलकण्ठ नगरपालिकाको सांखु,खानीगाउं,निवुवास्वांरा,भुलभुले,खाल्टे गाविसको हिलेखर्कमा दाल, चामल,कम्वलका साथ एक एक थान त्रिपाल पनि बितरण गरिएको छ ।
11150683_977416292298044_5887910222381747924_nश्रेष्ठले अहिले सम्म सल्यानकोट गाविसको हटियामा ५४ थान त्रिपाल,सल्यानकोट गाविसमा ५ टन चामल र त्रिपाल,नीलकण्ठ नगरपालिकाको खानीगाउंमा ६५ थान त्रिपाल, ६५ बोरा चामल,२ बोरा दाल,३० थान कम्वल वितरण गरिसक्नु भएको छ । यसैगरी नीलकण्ठ नगरपालिकाको डम्बरडांडा ,पौवा र भुलभुलेमा पनि ५७ बोरा चामल ,एक एक थमन कम्वल र त्रिपाल वांडिएको श्रेष्ठले वताउनु भयो ।
11209655_977416822297991_4166710627447774370_nयसै गरी शनिवार श्रेष्ठले नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ डम्बरडांडामा १ सय २२ घरलाई चामल, त्रिपालका साथ सुत्केरीका लागि एक एक थान कम्वल बितरण गर्नुभएको छ । विपदमा परेकाहरुको अवस्था देखेर आंफुले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार संजयकुमार चौहान संग समन्वय गरी आवश्यक श्रोत जुटाएर सहयोग गरेको श्रेष्ठले वताउनु भयो । चौधरीको सहयोगमा १० हजार ५ सय केजी चामल धादिङ भित्रि सकेको र केही दिन भित्रमा अति विपन्न र कुनै पनि राहत नपाएका बस्तिमा बितरण गर्दै सहयोग गर्ने श्रेष्ठले जानकारी दिनु भयो ।