ब्यक्तिगत पहलमा पुरै गाविस लाइ सहयोग – प्रति मृतक १५ हजार प्रदान

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

daarkhaa dhaading help 65412दार्खा (धादिङ) ः गत वैशाख १२ र २९ गते आएको विनाशकारी भुकम्पमा परेर धादिङमा मात्रै अहिलेसम्म ७ सय ३२ जनाले ज्यान गुमाइसकेका छन भने अझैपनि सयौ घाइतेहरु राजधानी र जिल्लाका विभिन्न अस्प्तालहरुमा उपचार गराइरहेका छन । भुकम्पमा पिडित भएकाहरुलाइ सरकारी संयन्त्र र विभिन्न संघसस्थाहरुको पहलमा राहत वितरण कार्य पनि भइरहेको छ । यसैक्रममा धादिङको उत्तरी क्षेत्रको दार्खा गाउँ विकास समितिमा भुकम्पबाट मृत्यु भएका सवै ब्यक्तिका परिवारलाइ दार्खाकै पुर्व स्थानियबासीले जनही १५ हजार रुपैयाको दरले नगद सहयोग गरेका छन ।

विनाशकारी भुकम्पमा परि दार्खा गाउँ विकास समितिमात्रै ५० जनाको मृत्यु भएको छ । मुत्यु भएको परिवारजनलाइ अहिले बेलायतको ब्रेकनवेल्समा बस्दै आएका धादिङ दार्खाकै हरि सिं गुरुङले ब्रेकनवेल्स नेप्लिज सोसाइटी युके र दार्खाबासी कोरिया समाजसंग पहल गरि गाउँ विकास समितिभरि मृत्यु भएका परिवारजनलाइ जनही १५ हजार रुपैयाको दरले सहयोग गरेका हुन । गत जेठ ९ गतेदेखि गाउ विकास समितिका प्रत्येक घरधुरीमा पुगेर आफैले नगद र अन्य खाद्यान्न हस्तान्तरण गरेको गुरुङले बताए ।

विनाशकारी भुकम्पमा परेर घरवार विहिन भएका र परिवारजन गुमाएकाहरुलाइ लाइ थोरै भएपनि राहत मिलोस भनेर आफु जन्मेको ठाउँ दार्खामा सहयोग गर्न आएको गुरुङले बताउनुभयो ।

२०६८ सालको जन गणनाअनुसार ११ सय ७८ घरधुरी रहेको दार्खाका ९ सय भन्दा बढी घरहरुमा भुकम्पले पुर्ण क्षति पु¥याएको गाविसले जनाएको छ । गाउँमा लगेको विद्युत सेवा पनि अवरुद्ध हुदा भुकम्प गएको एक महिना भइसक्दा पनि स्थानियहरु अन्धकारमा बस्न बाध्य भइरहेको अवस्थामा गुरुङले गाउँ विकास समितिका सवै घरधुरीलाइ सोलार बत्ति प्रदान गरेका छन । त्यसैगरि गाउँ विकास समिति भरि रहेका अतिविपन्न ६२ घरका दलित परिवारलाइ चामल, कम्वल, दाल, चाउचाउ र त्रिपाल पनि हस्तान्तरण गरेका छन ।

आफु दार्खामै जन्मेर यो अवस्थामा आइपुगेकाले भावी दिनमा पनि दार्खा बासीको सहयोगको लागि जस्तापाता र अरु सहयोग लिएर आउने गुरुङले बताएका छन ।