बाहिरबाट आएका स्वयंसेवक विद्यालय बनाउँदै, गाउँले तास खेल्दै

805 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhadingधादिङ, कैलाली जिल्लाबाट भूकम्पले क्षति पुर्याएको बिद्यालय बनाउन अरु स्वयँसेवकसँगै  आएकी सुशीला बुढाथोकी धादिङको पाल्पा सामरी भञ्ज्याङ माविको भत्केको संरचना मिलाउँदै थिइन् ।१५ जनाको टोलीमा रहेकी उनले सकी ससकी ठूला ठूला ढुंगा उचालेर पन्छाउँदै गर्दा उनले विद्यालयको कुनै शिक्षक र अभिभावको साथ पाइनन् । नजिकै भएको एउटा घरमा तास खेलिरहेका अभिभावकहरु देखेर उनी छक्क परिन् ।

11216582_843914238995424_5631044031080367486_nकृष्ण चौधरी भूकम्प प्रतिरोधी भनिएको जाइकाले निर्माण गरिदिएको भत्किएको भवनको भग्नावशेष हटाउँदै गर्दा नजिकै अभिभावकहरु तासमा मस्त थिए । आफ्ना बालबालिका पढ्ने विद्यालयको उनीहरुलाई कुनै वास्ता नभएको जस्तो देखिन्थ्यो । राहत कहिले आउँछ भनेर नयाँ मानिस आउँदा सोधखोज गरिरहने अभिभावकहर दिनभर घरको काम गर्न छोडेर तास खेलिरहेको देख्दा नराम्रो लागेको सवयंसेवकहरुले बताए ।देशका विभिन्न भागबाट जिल्लामा नेकपा एमाले र अनेरास्ववियुले १० ओटा विद्यालय भवनको मर्मत गरी अस्थायी कक्षाकोठा बनाउन सहयोग गरेका छन् । दक्षिणमा थाक्रे, मध्यमा मुरलीभञ्ज्याङ, उत्तरमा सल्यानटार र आगिनचोकमा बसेर विद्यालय बनाउने काम भैरहेको अनेरास्ववियुका केन्द्रीय सचिव राधिका खतिवडाले बताउनुभयो ।