त्रिशुलीको किनारमा दुई महिलाको लास नांगै भेटियो

632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

trishuli-mapधादिङ -जिल्लाको त्रिशुली नदीको किनारमा छुट्टाछुट्टै दुई स्थानमा दुई जना महिलाको लास भेटिएको छ ।

धादिङको गजुरी–२ स्थित त्रिशुली नदीको किनारमा र सलाङघाट स्थित त्रिशुली नदीमा शनिबार नाम, थर, वतन नखुलेका दुई महिलाको लास नांगै भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार परिचय खुल्न नसकेका अन्दाजी ३० र २५ बर्षीया महिलाहरु नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुबै महिलाको बलात्कार गरी हत्या गरिएको आंशका गरिएको छ ।

प्रहरीले दुबैको शवलाई पोस्टमार्टका लागि जिल्ला अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।