एन्फा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन – 

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, जेष्ठ ३० । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ ।शुक्रबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा करेन्ट लाग्दा उनको निधन भएको हो ।करेन्ट लागेपछि उपचारका लागी अल्का अस्पताल लगिएको श्रेष्ठलाई अस्पतालमा मृत घोषण गरिएको हो ।शुक्रवार मात्र नयाँ घर सरेका श्रेष्ठलाई बिजुलीको लाईन मिलाउने क्रममा करेन्ट लागेको थियो ।एन्फा अध्यक्ष गणेश थापालाई सार्वजनिक लेखा समितिले आर्थिक अनियमितताको मुद्दामा निलम्बन गरेपछि उपाध्यक्ष रहेका श्रेष्ठ कार्यवाहक अध्यक्ष थिए