भरतपुरको सरकारी अस्पतालभित्र नक्कली डाक्टरले बिरामी जाँच गरे पछि …….

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nakkali-doctor-1
“दिपेन्द्र अधिकारी”

३२ साउन,भरतपुर । फेरि भरतपुरको सरकारी अस्पतालभित्र एक युवकले डाक्टरको भेषमा बिरामी जाँच गरेका छन् । ‘कुक’ काम गर्ने चितवन विजयनगर ५ का ३० वर्षीय विजय चौधरी डाक्टरको भेष (एप्रोन) लगाएर अस्पतालको संवेदनशील कक्षहरुमा प्रवेश गरी बिरामी जाँच गर्दै हिँडे । बिरामी जाँच गरी हिँड्ने बेलामा अन्ततः उनी प्रहरी फन्दामा परे । निजी अस्पतालको एप्रोन लगाएर चौधरी शनिबार दिउँसो सरकारी अस्पतालमा प्रवेश गरेर बिरामी जाँच गर्न थालेका थिए । बिरामी जाँच गर्दा उनलाई सबैले सक्कली डाक्टर भने । अस्पतालमा रहेका सुरक्षा गार्डदेखि नर्ससम्मले उनलाई सबैलाई डाक्टर मानेका थिए । अस्पाल स्रोतअनुसार बिरामी जाँचेर हिँड्ने बेलामा कुरुवासँग पैसा मागेपछि अन्ततः चौधरी सुरक्षा गार्डको फन्दामा परेका थिए । नयाँ मेडिकल कलेज भरतपुरका डाक्टरहरुले प्रयोग गर्ने एप्रोन लगाएर चौधरी भरतपुर अस्पतालभित्र छिरेका चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीले मादक पदार्थ सेवन गरी अस्पतालभित्र छिरेका थिए । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले धोएर सुकाएको ठाउँबाट एप्रोन लगाएर हिँडेको बताएका छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीका अनुसार चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ । ‘यस घटनाको विषयमा गम्भीर रुपमा अनुसन्धान भइरहेको छ’ डिएसपी अधिकारीले बताए । अस्पतालको संवेदनशील कक्षमा छिरे पनि थप गतिविधि गर्न भने नपाएको प्रहरीको भनाइ छ । चितवन मेडिकल कलेजको एप्रोन पाए भन्ने विषयमा बुझ्न खोज्दा नयाँ त्यहाँको प्रशासनले बेवास्ता गरेका थिए । यसरी नै नक्कली डाक्टर बनेर गत साउन ५ गते बेलुकी भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा र सरकारी अस्पतालमा मापसे गरी भरतपुरका डायमण्ड श्रेष्ठ डाक्टर भन्दै प्रसूति वार्डमा प्रवेश गरेका थिए । पेशाले प्राध्यापक रहेका उनले त्यहाँ रहेका महिलाहरुमाथि यौन दुव्र्यवहार सेमत गरेका प्रहरीको भनाइ छ । उनीविरूद्ध जबर्जस्ती करणी प्रयासको मुद्दा चलाइएकोमा हाल यस मुद्दा सरकारी वकिलको कार्यालयमा पुगेको छ । कार्यालयले केही दिनमा यस मुद्दा चितवन अदालतमा बुझाउने तयारी गरिरहेको कार्यालयका कर्मचारीले जानकारी दिएका छन् । खबर चितवनबाट