राष्ट्रियसभा अध्यक्षले लिए शपथ

718 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ:  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । ।

नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा तिमिल्सिना निर्वाचित भएका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारी लगायतको उपस्थित थियो ।