राहदानीमा गम्भिर त्रुटी – वासिन्दा धादिङको ठेगाना डोटी, राष्ट्रियता तिव्बेतियन

1799 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१६ भदौ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ कि स्थायी वासिन्दा मुक्तिकला लामिछानेलाई राहदानी विभागले तिव्वेतियन नागरिकको रुपमा पासपोर्ट जारी गरेको छ ।
नेपाली नागरिकलाई तिव्वेतियन भन्दै राहदानी विभागले मेशिन रिेडेवल पासपोर्ट जारी गरिदिएपछि लामिछाने सोही पासपोर्टका कारण तनावमा परेकी छिन । राहदानी विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा नाम मोक्तिकला लेखिएको छ । त्यति मात्र होइन लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ ।
स्नातकोत्तर तह अध्ययन पुरा गरेकी लामिछानेले आंफुले बुझाएको राहदानी आवेदन फाराममा त्यस्तो कुनै गल्ती नभएको ठोकुवा गरिन । मैले पटक पटक पढेर फाराममा सही गरेको थिएँ, लेखपढ गर्न नसक्ने व्यक्ति भए त झुक्किए होलान भन्न सकिन्थ्यो तर आंफुले फाराम भर्दा कुनै गल्ती नगरेको उनको भनाई छ । फाराम गल्ती भए आवेदन स्विकृत हुंदैन्थ्यो, जिल्ला प्रशासन कार्यालयले स्विकृत गरेको आवेदन फाराम विभागमा पुगेपछि त्यहाँका कर्मचारीको हेलचेक्रयाईले विग्रन गएको लामिछानेको बुझाई छ । राहदानी वनेर आउँदा जताततै गल्ती भेटिनुलाई लामिछानेले राहदानी विभागमा कार्यरत कर्मचारीको गम्भिर लापरवाही भएकोे प्रतिकृया दिईन ।
लामिछानेले गत साउन २५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा आवेदन फाराम बुझाएको थिइन् । फाराम बुझाउँदा प्रशासन कार्यालयबाट प्रमाणिकरण समेत गरिएको थियो । भदौ १५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा गएर पासपोटै बुझ्दा आंफुलाई तिव्वेतियन नागरिकको रुपमा लेखिएको पासपोर्ट वनेर आएको भन्दै लामिछानेले आक्रोश व्यक्त गरिन । जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका कर्मचारीले विभागको गल्तीले पासपोर्ट विग्रिएकाले विभागमै गएर तत्काल अर्को पासपोर्ट लिन लामिछानेलाई सुझाव दिएका छन ।