अकोराबमा नयाँ नेत्तृत्व चयन, धादिङबाट सचिव र कोषाध्यक्ष

864 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – देशभर छरिएर रहेका सामुदायिक रेडियोको छाता सङ्गठनका रुपमा रहेको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रत्यार्शी नुवाकोटका कपिलदेव खनालले १४ मत ल्याउनु भएको थियो भने गिरीले एक सय ६१ मत ल्याएर विजयी हुनु भएको हो ।

बिहीवार काठमाण्डौमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ केन्द्रिय अधिवेशनले गिरीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिबेशबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन ।

यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल निर्वाचित भएका छन । सचिव खतिवडा र कोषाध्क्ष पौडेल दुवै जजना धादिङका हुन ।

अध्यक्षबाहेक अन्य पद सर्वसम्मतिबाट चयन गरिएको हो ।