सूर्यबहादुर थापाले राजीनामा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राणा ,पार्टी फुटको संघारमा

620 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदबाट राजीनामा दिनु भएपछि पार्टी अध्यक्ष पशुपति शमशेर राणा चयन हुनु भएको छ । आइतबार पार्टी कार्यलयमा बसेको केन्द्रीय समितिको बैठकमा थापाले राजीनामा दिनुभएको हो ।

pashupati shumsher budo_20120409014004शिर्ष नेताहरु पालै पालो अध्यक्ष हुने भन्ने पार्टी एकिकरण हुदाँको सहमतिलाई कार्यान्वयन नगरेको भनेर लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीले बिरोध गर्दै आएका छन् । त्यतिबेलाको सहमति अनुसार आफु अध्यक्ष भएको भनेर चन्दले आफुलाई अध्यक्ष घोषणा गरि सक्नु भएको छ । चन्द निवासमा आज बसेको चन्द पक्षका नेताहरुको बैठकले चन्दलाई नै अध्यक्ष मान्ने र कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको छ ।