‘संशोधन पनि गरौंला, तर ओली नै अध्यक्ष’

445 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,  – एमाले सचिव शंकर पोखरेलले झलनाथ खनाल र माधवकुमार नेपालसँग नवौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नैतिक र बैधानिक आधार नभएको दाबी गरेका छन् ।

नेपाल बरिष्ठ नेतासहित तीन पटक कार्यकारी भइसकेको र खनाल पनि पहिला महासचिव र अहिले अध्यक्ष भइसकेकोले विधान अनुसार दुवैले उम्मेदवारी दिन नमिल्ने पोखरेलको तर्क छ ।

‘माधवकुमार नेपाल र झलनाथ खनालले उम्मेदवारी दिने हो भने विधान संशोधन गर्नु पर्छ,’ बिहीबार रिपोर्टर्स क्लवमा उनले भेन, ‘उहाँहरुले रहर नै गर्नुभएको हो भने विधान संशोधन गरिदिउँला तर जित्ने त केपी ओली नै हो ।’

पोखरेलले पार्टीको नीति र विचार केपी ओलीको भएको उल्लेख गर्दै नेतृत्व पनि उनकै हुने भन्दै महाधिवेशन प्रतिनिधि चयनमामा ओली पक्षमा चमत्कार भएको बताए ई कान्तिपुर डटकमले खबर लेखेको छ ।