समयले केपी ओलीको नेतृत्व मागेको छ
650 पटक पढिएको
एमाले पंक्तिलाई आफ्नो प्रमुख नेतामा कुनै पहलवान, हिमालयन टाइगर द भरतकुमार विसुराल चाहिएको होइन् । पटक–पटकको राजनीतिक आरोह–अवरोहमा झन्झन् सान्दर्भिक सावित हुँदै गएको जनताको वहुदलीय जनवादको मार्गदर्शक सिध्दान्तमा पार्टीलाई अग्रगति प्रदान गर्न दिशावोध गराउने नेतृत्वकर्ता चाहिएको छ ।
– कुन्दन अर्याल, पत्रकार
एमालेका कुनै पनि नेताको दक्षता, प्रतिभा र क्षमता कसैले कम आँक्न सक्दैन् । तर, यिनै नेताहरुबीचबाट एकजना प्रमुख नेताको खोजी भइरहेको छ । राष्ट्रिय राजनीतिमा पार्टीले पाएको गहन जिम्मेवारी पूरा गराउन नेताहरुको विद्यमान पंक्तिबाटै नयाँ अध्यक्षको विषयमा चर्चा अघि बढेको हो । लामो समयदेखि पार्टीमा वैचारिक नेताका रूपमा सुपरिचित के पी ओलीले अहिलेसम्म पार्टीको प्रमुख नेताको स्थान भने पाउनुभएको छैन् । त्यसैले पाटीलाई वैचारिक नेतृत्व प्रदान गर्दै आएका नेताले नै समग्र नेतृत्व पनि गर्न पाउनु पर्छ भन्ने धारणा एमाले पंक्तिमा व्यापक भएको हो । तर, यसको अर्थ एमालेका अन्य नेताहरुको दक्षता र क्षमताउपर कसैले प्रश्न उठाउन सक्छ भन्ने त बुझ्नै हुँदैन् । पार्टीका वरिष्ठ नेता एवं पूर्वमहासचिव माधवकुमार नेपालले लामो समय प्रमूु नेताका रूपमा योगदान गरिसक्नु भएको छ । त्यसैले फेरि उहाँलाई नै पार्टीको प्रमुख नेताका रूपमा स्थापित गरेर पार्टीमा नयाँ उर्जा थप हुन सक्दैन् ।
मलाई लाग्छ, अन्ततःः माधव कमरेड आफैंले पनि आफ्नो दावी फिर्ता गर्नु हुनेछ । किनकी, उहाँको पक्षबाट केपी कमरेडको स्वास्थ्यलाई नै प्रमुख मुद्दा बनाइएको देखिन्छ । अहिले एमालेको आवश्यकतालाई नियाँल्दा त्यो मुद्दा वलियो बन्न सक्ने आधार छैन् । एमालेलाई प्रमुख नेताका रूपमा नीतिगत रूपमा सुस्पष्ट व्यक्ति चाहिएको छ । त्यो गुण यतिखेर सबभन्दा बढी कमरेड ओलीमा देखिएको छ । झापा विद्रोहदेखि जनमतसंग्रह काल, छयालीस सालको आन्दोलन र वैसठ्ठी त्रीसठ्ठीको शान्तिपूर्ण जनक्रान्तिसम्मको अवधिमा कमरेड ओलीव्दारा प्रस्तुत वैचारिक सुस्पष्टतासमेत एमालेको संस्थागत स्मरणमा सुरक्षित छ ।
माधव कमरेडको दौडधुप गर्न सक्ने क्षमता र सक्रियताका कारण पनि उहाँ उत्साहित हुनु भएको कतिपयको बुझाइ छ । तर, धेरैलाई लागेको छ, माधव कमरेडले धेरै वर्ष पार्टीको प्रमुख नेताका रूपमा काम गर्नुभयो, अब उहाँले अभिभावकको भूमिका निर्वाह गर्नु पर्दछ । उहाँले यतिका वर्ष एमालेजस्तो विस्तारित पार्टीको नेतृत्वमा रहेर आफ्नो क्षमता प्रर्दशन गरिसक्नु भएको छ ।
एमाले पंक्तिलाई आफ्नो प्रमुख नेतामा कुनै पहलवान, हिमालयन टाइगर द भरतकुमार विसुराल चाहिएको होइन् । पटक–पटकको राजनीतिक आरोह–अवरोहमा झन्झन् सान्दर्भिक सावित हुँदै गएको जनताको वहुदलीय जनवादको मार्गदर्शक सिध्दान्तमा पार्टीलाई अग्रगति प्रदान गर्न दिशावोध गराउने नेतृत्वकर्ता चाहिएको छ । एमालेलाई नीतिको आलोकमा सुझवुझका साथ एकल नायकत्वको सोच र सपना त्यागेर सन्तुलित वैचारिक नेतृत्व प्रदान गर्न सक्ने अध्यक्ष चाहिएको छ ।
आसन्न महाधिवेशनले पार्टीलाई भावनात्मक रूपमा पनि झन् एकतावद्ध र मजवुत बनाउनै पर्दछ । संविधान बनाउने र वैसठ्ठी–त्रीसठ्ठीको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने दायित्व पनि यही पार्टीको काँधमा छ । त्यसैले एमाले आज जहाँ आइपुगेको छ, समयचक्रको यो क्षणलाई बुझ्ने हो भने कोही पनि व्यक्तिगत इच्छाले मात्र अध्यक्षको आशनमा पुग्न सक्ने देखिंदैन् । आमकार्यकर्ताहरुको इमान्दारी, दक्षता अनि नेताहरुको कुशलतालाई समेट्दै पार्टीलाई साँच्चै लोकतान्त्रिक ढंगले अघि बढाउन सक्ने प्रमूख नेता एमालेलाई चाहिएको छ ।
लामो समयदेखि नेतृत्व पंक्तिमा रहेर पार्टीलाई अनेक आरोह अवरोहहरु हुँदै यहाँसम्म ल्याइपुर्याउन के पी ओलीले निरन्तर योगदान गर्दै आउनुभएको छ । जननेता मदन भण्डारीको अवसानपछिका वर्षहरुमा पार्टी नीतिका प्रमुख व्याख्याताका रूपमा उहाँ नै देखा पर्दै आउनुभएको छ । त्यसैले उहाँलाई नै पार्टीको प्रमूख नेताको स्थानमा पुर्याउनु पर्ने परिस्थिति आजको समयले श्रृृजना गरेको प्रष्टै देखिन्छ । यसपटक एमाले कार्यकर्ता पंक्ति समयको मागलाई उपेक्षा गरेर अवसर खेर फाल्न चाहँदैनन् ।
-पुलेसो डट कमवाट