मलेसियामा ३० नेपाली सहित १ सय २० जना बेपत्ता !

454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – मलेसियाको क्वालालम्पुरमा रहेको सुपरम्यान ग्लोब कम्पनीमा कार्यरत ३० जना नेपाली सहित १ सय २० जना कामदारलाई कम्पनीले बेपत्ता बनाएको छ । बेपत्ता बनाइनेमा अरु बंगलादेशका कामदार रहेको अनुमान छ ।

बेपत्ता बनाइएका मध्ये दुईजना नेपालीको हत्या गरिएको आशंका गर्दै मानवअधिकार तथा शान्ति समाजले  बेपत्ता पारिएकाहरुको  जीवनरक्षाको पहलका लागि आग्रह गरेको छ । उनीहरुलाई गत नोभेम्वर १२ देखि बेपत्ता बनाइएको जनाइएको छ ।

मंगलवार समाजका महासचिव उत्तम पुडासैनीले एक प्रेश विज्ञप्ती जारी गर्दै यसका बारेमा यथाशिघ्र छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानकर्षण गराएको छ ।

पुडासैनीले मलेसियामा रहेका केहि नेपाली कामदार मार्फत जानकारी आएको र अन्य व्यक्तिले समेत यसलाई पुष्टि गरेको भन्दै यसका बारेमा मलेसियामा रहेको नेपाली दुतावासलाई समेत जानकारी गराइएको बताए ।

खाडीका मुलुकहरुमा नेपाली कामदारमाथि ज्यादती हुँदै आएकोमा मलेसियामा कार्यरत नेपाली लगायतका कामदार माथि भएको ज्यादती र अमानविय कृत्यका बारेमा यथाशिघ्र सत्यतथ्य सार्वजनिक गर्न र कामदारको जीवन रक्षाका लागि तत्काल पहल गर्न समाजले माग गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता बुद्धिबहादुर खड्काले यसबारेमा मन्त्रालयमा कुनै जानकारी नआएको बताए  देशपरदेश डट कमले खबर लेखेको छ ।