हड्तालमा उत्रिएका ११९ जना घर पठाईँदै

609 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dohaaदोहा ,  – नेपाल सरकारले तोकेको भन्दा कम तलब दिई काममा लगाएको बिरुद्धमा हड्तालमा उत्रिएका मध्ये १ सय १९ नेपाली कामदारलाई स्वदेश पठाउने भएको छ ई कान्तिपुर डट कममा खबर छापिएको छ । ।

फि्रल्यान्स टे्रडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा रहेका ६ सय नेपाली कामदार काम बन्द गरी हड्तालमा उत्रिएका हुन । कम्पनीले नेपाल सरकारले तोकेको तलब दिन नसक्ने भएपछि १ सय १९ जनालाई स्वदेश पठाउन लागेकेा हो ।

‘एकसय १९ जना नेपाली कामदारले सरकारले तोकेको तलब नपाए घर जाने भनेर अडान राखे । त्यसमा कम्पनी घर पठाउन तयार भयो’, नेपाली दुताबासका श्रम सहचारी लिलानाथ दाहालले भने,’बाँकी कामदार पुरानै तलबमै काम गर्न फर्केका छन् ।’

सरकारले दुई बर्षअघि देखि नै ९ सय तलब र ३ सय खाना गरी १२ सय रियाल तोकेको थियो । त्यस कम्पनीमा रहेका नेपालीले ६ सय रियाल मात्रै पाउदै आएका छन् । ‘सरकारले तोकेको तलब दिनुपर्छ भनेर हामीले उठाएको बिषय गलत हुदै होइन’, बर्दियाका नरेन्द्र थापा मगरले भने,’यहाँ हामी पसिना बगाउन मात्रै होइन, पैसा कमाउन पनि आएका हौं । महिनाभरि कमाएको पैसा खानामा मात्रै ठिक्क भए  किन बस्नु र ?’

घर जान तयार भएकाहरुलाई प्रहरीले डिपोर्टटेशन सेन्टर -घरफिर्ती केन्द्र)मा ल्याएर राखेको छ । श्रम सहचारी दाहालका अनुसार उनीहरुलाई दिनको ६० जनाको दरले नेपाल पठाइने भएको छ । ‘सबैले पाउनुपर्ने हिसाब दिएर पठाउने सहमति भएको छ’, उनले भने । केही नेपाली ऋण बाँकी नै रहेकोले पुरानो तलबमै काम गर्नुपरेको बताए ।

कम्पनीले कामदारले माग गरे बमोजिम तलब बढाउन नसक्ने बताएको छ । ‘हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौं’, कम्पनीका म्यानेजर हमिद खानको भनाई उद्धत गर्दै श्रम सहचारी दाहालले भने,’बरु कामदार स्वदेश पठाउन तयार छौं ।’