नेपाल चिनाउँदै अमेरिकामा नेपाली महिला

536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 न्यूयोर्क । ‘नेपाली पोशाकको आधुनिकीकरण’ भन्ने नाराका साथ नेपाली पोशाक डिजाइनर बासना क्षेत्री पोशाककै माध्यमद्वारा नेपाल चिनाउन अमेरिकामा लागिपरेकी छन् । जापानको कोयोटो युनिभर्सिटीबाट ग्र्याजुएट उनले नेपाल सरकारअन्तर्गतको सिटीईभीटीको फेसन डिजाइनसम्बन्धी कोर्स निर्माण गरेकी हुन् बिआरटी नेपाल डट कमले जनाएको छ ।

brtnepal_20150107100445_nepali mahilaक्षेत्रीले ६ महिनाअगाडि न्यूयोर्कको कुइन्सस्थित ज्याक्सन हाइटमा नेपाली पोशाक प्रदर्शनी सम्पन्न गरेकी थिइन् भने गत नोभेम्बर अन्तिम सातादेखि एक महिना लामो प्रदर्शनी रुजबेल्ट आइल्याण्डस्थित रिभा आर्ट ग्यालरीमा सफलतापूर्वक सम्पन्न गरिन् । एक महिना लामो प्रदर्शनीमा विवाहमा प्रयोग गरिने नौ वटा रत्न प्रयोग गरिएको नवरत्न नामक पोशाक राणाकालीन समयमा विवाहमा प्रयोग गरिने पोशाक, हाकुपटासी, थारु र गुरुङ जातिहरुले प्रयोग गर्ने पोशाक प्रदर्शनीमा राखिएको थियो ।
काठमाडौं धोबीघाटकी क्षेत्री जापानबाट पढाइ सम्पन्न गरी नेपाल फर्किएपछि कुपण्डोल र पुतलीसडकमा बुटिक शुरु गर्दा त्यतिबेला नेपालमा फेसन संस्कार नै नभएको बताउँछिन् । हाल लण्डनस्थित साउथ हाउलमा ‘बास बुटिक’ नामक बुटिक सञ्चालन गरिरहेकी उनी हाल आफू आफ्नो डिजाइनमार्फत नै नेपाल चिनाउने अभियानमा लागेको बताउँछिन् ।