माघे सङ्क्रान्ति पर्व र यसको महत्व !

1602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् 

 भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं  विन्दति 

(मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार योसमय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ ।)

 

maghesankranti-630x481माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाडहो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।

ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाटमकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति)र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ| यो दिन देखिसूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदैजाने विश्वास गरिन्छ। माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथात्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउचाकु, तिलको लड्डु र तरूल खाईमनाइन्छ यस पर्वमा देवघाटबराहक्षेत्ररिडीपनौतीदोलालघाटकन्काई तथा भारतकोप्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिडलाग्छ। भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ,चाकु, तिलको लड्डु, सागपात, तरूल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमाविशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगीहोइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरू, पुरोहित रब्राहृमण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरूगुरू, पुरोहितलाई टीका लगाई घिउचाकुतरूल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिरऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउचाकु र तिल तथा खिचडी खानाले शरीरमागर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्तभई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटैनामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ ।यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो ।यो पर्व माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारुसमुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल,पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबैजनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिलेमनाउने गरेको पाइन्छ ।