दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gaycouplefeet_454988614
दुबई: एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेका छन् ।कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र अदालतले सजाय सुनाएको भएपनि घटना भने गएको जनवरी महिनामा भएको थियो ।
त्यो दिन आफुले अत्याधिक रक्सी पिएको र मातेपछि के भयो कुनै याद नरहेको अदालत समक्ष बलात्कारी युवकले बयान दिएका छन् ।  बलात्कृत नेपाली युवकले भने, सुतिरहेको अवस्थामा ती पाकिस्तानी साथीले जर्बजस्ती बलात्कार गरेको बताएका छन् ।उनले अदालत समक्ष भनेका छन्, “सुतिरहेको अवस्थामा एक्कासी आफुँमाथी चढेर हलचल समेत गर्न दिएन ।”  न्यायधीश इजात अब्दुलले अभियुक्त बलात्कारीले ५ बर्षको जेल सजाय भोगिसकेपछि निर्वासित गरिने निर्णय सुनाएका छन् । बलात्कारी युवकले पुनरावेदनको लागि १५ दिनको समय अवधी पाएका छन् ।