इपिएस बाट कोरीया आएका एक नेपालीले पत्र लेखेर गरे आत्माहत्या ।

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

इपिएस ब्यबस्था पद्दतिबाट कोरीयन भाषा पास गरी १० महिना अघि कोरीया आएका, झापा धुलाबारी – ६ निवासी बर्ष २५ का छविलाल भण्डारीले झुण्डीएर आत्माहत्या गरेका हुन।दक्षिण कोरीयाको ०४३ इबोल साम्बोक मेटल कम्पनीमा कार्यरत छविलाल ले ” विरानो भुमीमा पैशा कमाउन भनी आएँ तर म एक्लो भएें त्यसैले यो बाटो रोजे” भन्ने पत्र लेखेर आत्माहत्या गरेको निजका भिनाजु पर्ने कमल प्याकुरेल ले जानकारी दिएका हुन।

के भएर आत्माहत्या गरेको भन्ने कुरा प्रष्ट हुनसकेको छैन। के पी सिटौलाको साथमा कोरीयन प्रहरीले अनुसन्धान प्रक्रिया शुरूगरेको वताइएको छ ।