धार्केमा ५५ र नीलकण्ठमा २५ जनाको सामुहिक ब्रतबन्ध

1292 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11022784_791632957592586_688308077_nधादिङको नौविसे १ धार्केमा सोमबार सामुहीक ब्रतबन्ध कार्यक्रम भएको छ । सामुहीक ब्रतबन्ध कार्यक्रम गोरखनाथ कल्याण केन्द्र नेपालको आयोजनामा भएको हो । धादिङको नौविसे, थाक्रे, तसर्पु, जिवनपुर, केवलपुर, गोगनपानी, छत्रेदेउराली, नुवाकोटको कुमरी र काठमाण्डौँ लगायत ५५ जना वटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ । गोरखनाथ कल्याण केन्द्र नेपालमा प्राप्त सहयोगले निशुल्क रुपमा ब्रतबन्ध कार्यक्रम गरिएको केन्द्रका उपाध्यक्ष नारायण प्रसाद सुवेदीले बताउनुभयो ।यसै गरी जिल्लाकै नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ कृष्ण मन्दिरमा पनि सामुहिक व्रतवन्ध कार्यक्रम सम्पन्न भएको छ । व्राम्हण समाज धादिङको आयोजनामा भएको कार्यक्रममा २५ जना बटुकहरुको सामुहिक व्रतवन्ध गरिएको थियो ।