आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग

644 पटक पढिएको

प्रकाशित मिति: २०७१, २० चैत्र शुक्रबार २१:३५

सम्पादक: धादिङ न्यूज

 

 

Sabitra_Magar_Dhading_499449753फोटो :सिरियामा अलपत्र छोरीको फोटो देखाउँदै आमा सावित्रा 
धादिङ : पैसा कमाएर बालबच्चा पाल्ने सपनासहित विदेश उडेकी आमा श्रम अनुमति नै नपाएको सिरियामा अलपत्र परेपछि घरमा रुवाबासी भएको छ ।

धादिङको मैदी गाउँ विकास समिति–१ उखुबारीकी सुनिता मगर विदे जान भन्दै पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी थिइन । पतिले सौता हाली घरबाट निकालेपछि उनी लामो समयदेखि नीलकण्ठ–८ को मगर गाउँस्थित माइतीमा बस्दै आएकी थिइन ।

‘विदेश नजाऊ छोरी माइतीमै दुःख, सुख बसौँला भनेका त थियौँ । तर छोराछोरीको भविष्यका लागि विदेश जान्छु भनिन्’, आमा सावित्रीले रुँदै भनिन्, ‘पैसा कमाएर छोराछोरी पाल्न हिँडेकी छोरी मंसिरमा सिरिया अलपत्र परेको खबर आयो ।’

पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी छोरी एकाएक द्वन्द्वग्रस्त सिरियामा रहेको खबर आएपछि परिवार चिन्तामा डुबेका हुन् । उनी कहिले कोमार्फत सिरिया पुगिन् परिवारलाई थहा छैन ।

घरमा रहेका सबै कागजपत्र लिएर उनी हिँडेकी थिइन् । ‘मंसिरमा छोरीले फोन गरेकी थिई । त्यतिबेला फोन गर्दा त सवै ठीकै छ भनेकी थिइ’, आँखाभरि आँसु बनाउँदै आमा सावित्रीले भनिन्, ‘तर अहिले समस्यामा परिछ । जतिसक्दो चाँडो नेपाल नफर्काए ज्यान समेत जाने अवस्था छ ।’

-अन्नपूर्ण पोष्ट डट कमवाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, २० चैत्र शुक्रबार २१:३५ मा प्रकाशित