महासघंद्धारा आर. टि. बि तालिम सम्पन्न

1024 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ६ असार ( धादिङन्युज)÷साना घर निर्माण गर्ने ठेकेदारहरुका लागि तीन दिने आरटिबि तालिम सम्पन्न भएको छ ।
युरोपियन युनियन, डिम्यान जर्मनी, नेपाल घरेलु तथा साना उद्योेग महासघं, स्क्याट फाउण्डेशन स्विटजरल्याण्डको सहयोगमा सञ्चालित उक्त तालिममा घर निर्माण गर्ने ठेकेदारहरुलाई लक्षित गरि तालिम चलाइएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासघं धादिङको आयोजनामा सामुदायीक श्रोत केन्द्र मुरलिभञ्ज्याङ–३ बगैँचामा संचालन गरिएको तालिममा  दिगो निर्माणका अभ्यास परियोजना धादिङका कार्यक्रम अधिकृत संन्दिप न्यौपाने र दिगो निर्माण अभ्यास परियोजनाका प्राबिधिक अधिकृत निर्मलकुमार थारु ले बिषबस्तुका वारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।  असार २ गते देखि ४ गते सम्म सञ्चालन भएको तालिममा २० जनाको  सहभागीता रहेको थियो । तालिममा मान बहादुर चौधरी र बद्रिप्रसाद चौधरी सहायक प्रशिक्षक रहनुभएको थियो । महासंघका जिल्ला अध्यक्ष बलराम लम्सालको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।
¥याट ट्रयाप बण्ड (आर. टि. बि) इट्टालाई दुइतिर ठड्याएर बिचमा खालि राखि बनाइने एक किसिमको ९ इन्च्को गाह्रो लगाउने प्रबिधी हो । जसले चिसो मौसममा भित्र कम चिसो पवाह गर्छ र गर्मीमा कम गर्मी प्रवाहा गर्ने प्राविधिकहरुको भनाई छ । थोरै जनशक्ति लाग्ने, ३० देखि ४० प्रतिशत सम्म कम इन्धन खपथ गर्ने यो आधुनिक प्रबिधि भएको परियोेजनाका कार्यक्रम अधिकृत न्यौपानेले वताउनु भयो ।