मुरारिले कसलाई दिए झ्याम की झ्याम

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1-3लामो समय देखी संगीतमा आबद्द हुँदै आएका र संगीत लाई अत्यन्तै मन पराउने गायक/ संगीतकार अनि  गितकार हुन मुरारी भट्टराई । अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका यिनै मुरारी भट्टराईले संगीतकार बिकाश चौधरीको एकल संगीतमा ‘अनामिका’ नामक पहिलो एल्बम निकाली सकेर पछिल्लो समय आफ्नो नया एल्बम निम्तो बजारमा ल्याएर आएका छन ।

निम्तो’मा ५ ओटा गीत समाबेश गरिएको छ र  गितमा उन्नति शिला बोहरा , प्रमोद ढुंगाना , भोला पौडेल , दिलिप पौडेल र मुरारी स्वयंम आफ्नै पनि शब्द रहेका छन भने शम्भुजित बास्कोटा , शक्ति बल्लव , बिकाश चौधरी र मुरारी भट्टराईकै आफ्नै संगीत पनि रहेको  छ ।

यही एल्बम निम्तोमा समाबेश गित “झ्याम कि झ्याम्को” म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियोमा रिस्ता बस्नेत अनि प्रमोद भारद्वाजको दमदार अभिनय लाई देख्न सकिन्छ । भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ  ।

भिडियो हेर्न तल क्लीक गरौ

https://www.youtube.com/watch?v=LwNP3JbO06g