राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँ युवा भेला तथा अधिवेशन सम्पन्न
647 पटक पढिएको

रामचन्द्र रुपाखेती
महादेववेशी
राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँपालिका स्तरीय युवा भेला तथा प्रथम अधिवेशन आज महादेववेशीमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङका अध्यक्ष एवं माननीय संसद भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको अधिवेशनले थाक्रे ६ का रमेश थापाको अध्यक्षतामा शम्भु पौडेल उपाध्यक्ष, गुनु लामा सचिव, जीवन लामा र भिमसेन विडारी सहसचिव र नवराज अर्याल कोषाध्यक्ष सहित ३७ सदस्यीय गाउँ कार्य समिति चयन गरेको छ । थाक्रे युवा भेला तथा अधिवेशन प्रत्येक वडा बाट ६–६ जनाको प्रतिनिधि चयन गरी प्रतिनिधिमूलक भेला सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै माननीय संसद भूमि त्रिपाठी ले नेकपा एमाले एक्लै चुनावी मोर्चामा सामेल भएकोले एमालेको जितमा युवाहरुको अहम् भूमिका हुने साथै नेकपा एमालेले सारेको विकासको एजेण्डा संग डराएकाहरु एमाले विरुद्ध जतिनै गठबन्धन गरेपनि जनता एमालेको साथमा रहेकोले स्थानीय निर्वाचनमा एमालेका जित निश्चित भएको बताउनुभयो ।
भेलाले राष्ट्रिय युवा संघ नेपाल धादिङको १९ गते धादिङवेशीमा आयोजना गरिएको जिल्ला अधिवेशनको लागि प्रतिनिधिहरुको समेत चयन गरेको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७८, १८ चैत्र शुक्रबार १९:२० मा प्रकाशित