मोरक्कोमा गएको भूकम्पमा परी हालसम्म ८ सय २० जनाको मृत्यु

460 पटक पढिएको

२३ भाद्र २०८०, शनिबार १६:२१ सम्पादक: धादिङ न्यूज

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८ सय २० जनाको मृत्यु भएको छ भने ६ सय ७० जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ।

शुक्रबार राति ११ :११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

प्रारम्भिक रिपोर्टका अनुसार अधिकांश मृत्यु देशका दुर्गम पहाडी क्षेत्रहरूमा भएको छ। जहाँ उद्धारमा समस्या भइरहेको छ।