साङकोषमा नेपाली कांग्रेसको चुनावी अभियान

541 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/नेपाली कांग्रेसले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को चुनाबी अभियान अन्तर्गत शनिवार सांकोष गाविसमा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ । सांकोषका ९ वटै वडाका विभिन्न टोल बस्तीमा गरिएको घरदैलो पछि सेउली र मधुवनमा कोणसभा सम्पन्न गरेको सो पार्टीले जनाएको छ ।
कोणसभालाई कांग्रेस क्षेत्र नंबर २ का उम्मेद्धार रामनाथ अधिकारी नेपाली कांग्रेसका महासमिति सदस्य रमेशप्रसाद धमला, उर्मिला थपलिया, प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज लंसाल, नेपाली कांग्रेसका युवा नेता रामकृष्ण अधिकारी, सुर्य थापा लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस सांकोषका गाउँ सभापति द्रोणप्रसाद सिंखडाको सभापतित्वमा सम्पन्न भएको नेपाली कांग्रेस सांकोष गाउँ समितिले जानकारी दिएको छ ।