पाइलाको डाम र सुजीको पिठो

1616 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prakash copyपाइलो भनेको पैतालाको ठाम, फुटप्रिन्ट अथवा पद चिन्ह हो । पाइलो भनेको हिंड्दाको गोडाको चालाई अथवा डेग वा कदम पनि हो । हिंड्दैछ पाइला  मेट्दैछ भन्ने उखानमा पाइलो पद चिन्हको अर्थमा प्रयुतm  छ भन्ने पाइला सार्नु पाइला चाल्नु आदिमा यो  प्रयोगमा आएको छ , डेग अथवा कदमको अर्थमा । परन्तु पाइलाको डाम मा पाइलो ज्यादै  अनौठो ठहरिन्छ । के को  डाम रे ?  पाइलाको । पाइलो आफै पैतलाको डाम भएको हुदाँ यो पाइलाको पनि डामको कुरो  कहाँबाट आयो ।  जलको थोपो जलको छिटा जलको राशि आदि भन्दा हामी तर्सिन्छौं तर जलको पानी भन्ने शब्द कसैले उच्चारण गर्यो  भने  हामी झस्किन्छौं । यसै गरी कसैले  तरङगको लहर ,प्रति बिम्बको  छायाँ ,हिँड्दाको  यात्रा ,आघातको  चोट,दागको  खोट,हाँसोको मुस्कान आदि भन्यो भने  हामी असजिलो सुद्धछौं ।  उसो भए पाइलोको  डाम भनेको  सुन्दा चाहि हामीलाई   अनौठो किन नलागेको  त ?
माथि भनिसक्यिो  पाइलो दुई अर्थ भएको शब्द हो ।   पदचिन्ह तथा डेग पाइलाको डाम भन्ने  प्रयोगमा पाइलो डेग भन्ने  अर्थसित बढी  निकट छ ।  यसलाई हामी डेग चाल्दा भुईमा पैतालाले रोक्छ र  त्यसको  डाम बस्छ ,त्यही डाम पाइलो हो भन्ने अर्थ तिर नलगि मान्छेले हिँड्दा कदम अर्थात पाइलो सार्नुपर्छ । त्यसरी पाइलो सार्दा भूईमा डाम पर्छ ,भुईमा डाम पार्दे लाने  त्यो  गोडाको  चलाई  पाइलो हो  भन्ने   अर्थतिर डोर्याएर बुझ्ने जमर्को गरौं ।
निर्वाचनका दृष्टिले पाइलो पदतल पैतालो नै हो पदतल प्राकृतपअअलो पय अलो पयदलो,पयतलो आदि । नेपाली पैतालो,पाइलो आदि र  पैदल आदिको मुल उही भए पनि अर्थ ब्यञ्जनको बाटो  यी धेरै टाढा हिडिसकेका छन्  । अब हामी कुरो  गरौं सुजीको पिठो भन्ने  प्रयोगको  । सुजी  हिन्दी शब्द हो  पिठो  हो  नेपाली । हामीलाई  सुजीको आबश्यकता पर्छ र  पसलमा किन्न जान्छौं । साहुजीलाई भन्छौं सुजीको पिठो  दिनोस त ।  नेपाली पसले रहेछ भने केही नबोली दिन्छ तर   विदेशी रहेछ भने चाँहि छक्क पर्छ  किनभने सुजी त च्याँख्ला हो, पिठो  होइन । साहुजीलाई  च्याँख्लाको पिठो भन्नु र च्याँख्लालाई च्याँख्लाको पिठो भन्नु  उस्तै भूल हो विदेशी पसले अर्थात सेठलाई यो थाहा छ ।  हुन पनि जब कुनै अन्न ढुटिन्छ त्यो एकै चोटि मिहिन हुदैन ।  पहिले दुइ्र्र फ्याक पर्छ दरालिदा अझ दरालियो भने मल्खु बन्दछ मल्खुको अबस्था पार गरेपछि च्याँख्ला बन्छ । च्याँख्लाको झण्डै चामालको  आकारको अबस्था मकै लगाएत जुन जेमनान्न सिरियलको पनि चामल कहलाउँछ  ।  त्यो भन्दा पनि शेष स्यानो भएपछि सुजी कहलाउँछ ।  यसरी हामी च्याँख्लाका तीन चरण पाउँछौं शुद्ध च्याँख्ला अथवा मोटो च्याँख्ला र सुजी अथवा मिहिन च्याँख्ला  सुजीलाई अझ पिस्ने हो  भने पिठो हुन्छ । पिठोलाई  अझ पिस्ने  हो भने  पिठो हुन्छ । पिठोलाई  पनि झन् मिहिन पार्नै  हो  भने मैदा हुन्छ । यसैले सुजीलाई  सुजीको पिठो  भन्नु माग्न गयो भने  त सेठ  मात्रै होएन स्वदेशी ब्यापारी  पनि छक्क पर्नेछन् तर सुजीको पिठो माग्दा चाँहि स्वदेशीहरु होइन केबल सठेहरु मात्र छक्क पर्दछन् ।  किन भने तिनीहरुलाई थाहा छ सुजी भनेको मिहिन च्याँख्ला हो पिठो होइन ।
अब प्रश्न उठ्छ के त भन्नेको मुख  भन्न सकिएला ? नयुनिवहुने ठाउँमा थुन्नै पनि पर्छ तर सबै ठाउँमा थुन्नु आबश्यक  छैन्  । जब सठेहरुलाई  मात्र आपत्ति छ र हाम्रा स्वदेशी पसलेहरुलाई आपत्ति छैन् भने सुजिको पिठो किन्न निधक्क गर्नेछन् । सु जी नामको प्रविन्टि र पिठो नाउँको प्रविन्टमा कोशिशिल्पको जादु देखाएर । सठेहरु विदेशी भए पनि तिनलाई ससम्मान नागरिता दिएर हामीले आफ्ना तुल्याएकै हो  त्यसै गरी तिनले देशतिरबाट नेपालमा ल्याएको सुजी विदेशी भए पनि यसलाई प्रेम पुर्वक हामीले नेपाली शब्दकोशमा रहन दिनुपर्छ । यसले च्याँख्लाको मिहिन अबस्थालाई न्वारान गर्न हामीलाई सघाउँछ ।