गजल के हो र धादिङमा गजलको प्रवेश

939 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कपिलदेब सापकोटा (प्रकाश)

prakash copyबाज्ले झै परेवालाई डस्न हुन्न साथी
जानी–जानी दलदलमा फस्न हुन्न साथी ।

ज्यान मेरो जोखिममा छ है आज भन्दै
हुल दंगा र भीडमा पस्न हुन्न साथी ।

कुर्सीका लागि हानथाप गरिरहँदा
नैतिकता बिर्सिएर बस्न हुन्न साथी ।

तिम्रै कारणले त चोट खाँए भन्दैमा
आफैलाई मार्न छुरी धस्न हुन्न साथी ।

देश डुबि सक्यो बचाइ देउ न भन्दै
भिख माग्दै खरानी त घस्न हुन्न साथी ।
शेरको शाब्दिक अर्थ कपाल हो । कवितामा अनुच्छेदहरु भए जस्तै गजलमा दुई–दुई फरकका शेरहरु हुन्छन् । ४ देखि ११ शेरको बढी गजल लेखिएको पाइन्छ । तर सो भन्दा बढी शेरमा पनि गजल लेखेको पाइन्छ । माथिका गजलमा सबै शेरहरु छुट्टा–छुट्टै विषय बस्तुको छ । यसलाई गैरमुसलसल गजल भनिन्छ । यस्ता खालको गजलमा अलि बढी स्वतन्त्रता पाइएको भेटिन्छ । एउटै विषय बस्तुमा लेखिएका गजललाई मुसलसल गजल भनिन्छ यो गजलमा स्वतन्त्रता कम मात्रामा भेटिन्छ ।
मिसरा शेरको प्रत्येक हरफलाई मिसरा भनिन्छ । हरेक शेरमा दुइृवटा हरफ हुन्छ । पहिलो हरफलाई मिसरा ए उला भनिन्छ भने दोस्रो हरफलाई मिसरा ए सानी भनिन्छ ।
काफिया–काफिया गजलको अनिबार्य तथा महत्वपूर्ण अंग हो । यसको ठोस अर्थ बारम्बार आउनु भन्ने हुन्छ । यो प्रत्येक शेरमा आउँछ । अनुप्रायसयुतm वा तुकबन्दी अक्षर शब्द वा पदलाई काफिया भनिन्छ । हुन त नाम चलेका धेरै गजलकारहरु काफियाको प्रयोगमा चुकेकै पाइन्छ । गजल संगीत वा गायनमा काफियाले छुट्टै रस दिने गर्दछ ,। जुन गजलको विशेषता हो । माथिको गजलमा डस्न, फस्न,पस्न,बस्न,धस्न र घस्न शब्दहरु काफियाको रुपमा आएका छन् । यी पूर्ण काफिया हुन ।
रदीफ–रदीफको शाब्दिक अर्थ घोडा वा ऊँट पछाडि बसेको ब्यतिm हो । रदिफ प्रत्येक काफिया पछाडि बस्ने शब्द,पद वा पदावली हो जुन हरेक पल्ट दोहोरिएर आउँछ । यसलाई केही गजलकारहरुले अनिवार्य तत्व भने पनि केहिले भने अनिवार्य होइन भनेका छन् । तर यसको प्रयोगले गजलको संगीत र लयमा मिठास थपिदिन्छ । गजलमा काफिया भन्दा पछाडि हुन्न साथी पदावली रदिफको रुपमा आएको छ । उतm गजलमा रदिफ आएकोले सो गजल मुरद्धफ गजल हो । यस्तो प्रयोग नभएको गजल गैरमुरद्धक गजल भनिन्छ । गैर मुरद्धफ गजलको पहिलो शेर मतला हेरौं ।
आँखा–आँखा जुधेर नै माया प्रिती जोडिएछ ।
सम्झौ तै नभई फेरी सन्धी हाम्रो तोडिएछ ।

जिन्दगीको गोरेटोमा संगै हामी हिड्दै थियौं ।
सम्झौ तै नभई फेरी सन्धी हाम्रो तोडियो ।

कतै टाढा क्ष्तििजमा मेरो साथी छोडिएछ ।
मतला मल्ला मतलाको शाब्दिक अर्थ उदय हुनु वा आरम्भ हुनु भन्ने बुझिन्छ । गजलको पहिलो शेरलाई मतला भन्नु पर्छ र यसरी एउटा गजलमा एउटा भन्दा बढी मतला हुन सक्छ पनि भनेका छन् । पहिलो शेरमा जस्तै अन्य शेरमा पनि दुवै मिसरामा काफियाको प्रयोग हुदैमा त्यो शेरलाई मतला भन्नु हुदैन ।

तिमीले पत्र पठायौ र त पढि रहें
तिमीले आगो लगायौ र त डढि रहें ।

जीउन फेरी मुस्कील छ रोगी भइरहे.
तिमीले जल हलायौं र त बढि रहें ।

मतmा मकता वा मक्ता मतmाको शाब्दिक अर्थ काँटिएको वा समाप्त हुनु हो । गजलको अन्तिम शेरलाई मतmा भनिन्छ । जहाँ गजलकारले आफ्नो नाम वा उपनाम तरबल्लुस राख्न सक्छ । कतिपय तरबल्लुस प्रयोग भएको प्रत्येक शेरलाई मतmा भन्नु पर्छ । गजलमा केही गजलकारले एक भन्दा बढी मतmा पनि हुन सक्छ भनेका छन् । तर धेरै जसो गजलमा एक मात्र मतmा भेटिन्छ । यदि गजलमा तरबल्लुसको प्रयोग भएका छैन् भने पनि अन्तिम शेरलाई मतmा मान्नु पर्छ ।
हारे पनि जीवन जीत भएको छ, खाली कुरा गजलमा के लेख्नु छ र ? मेरो नाम छिमेकमा गीत भएको छ। आँखाका यी आँशुहरु शीत भएको छ । विगतका साथहरु जम्मा गर्नु पर्ला जीवनमा केही नजिक कोही टाढा हुदाँ अतितका तिता क्षण हित भएको छ । क्षितिजको प्रकाश आज मित भएको छ । तरबल्लुस स्रष्टाले गजलमा आफूलाइृ सङकेत गर्ने नाम वा उपनाम प्रयोग गर्न सक्छ । गजलमा प्रयोग गरिने स्रष्टाको यही नाम वा उपनामलजाई तरबल्लुस भनिन्छ । तरबल्लुस गजलको अनिवार्य तत्व भने होइन । यसरी आफ्नो नाम वा उपन्यास राखेमा त्यसलाई तरबल्लुस भनने की नभनने ? विवाद छ । तर माथिको गजलमा प्रकाश तरबल्लुसको रुपमा आएको प्रष्ट छ । रहर गजलको छन्दलाई बहरहरु धेरै छन् । सम्पूर्ण बहरलाई ३ भागमा बाँडिएको छ ।
क.मुरदफ मुख्य छन्द
ख.मुरवकब बहर मिश्रित छन्द
ग.मुजाहिक बहर परिवर्तित छन्द
नेपालमा बहर रहित गजलहरु बढी लेखिन्छ । गजल गेय विधा भएकाले कुनै लयमा लेख्दा राम्रो हुन्छ । धादिङमा गजलको प्रवेश २०६५ साल तिर मेरो आफ्नो सम्पर्कमा रहेका केही साथीहरु मिलेर त्रिवेणी साहित्य समाज नामक संस्था खोल्न पुग्यौं । र त्यस संस्थाको नामबाट साहित्यिक पत्रिका निकाल्न थाल्यौ । साँच्चै साहित्य सिर्जना गर्नेहरुको संगम बन्न पुग्यो त्रिवेणी साहित्य समाज ।
धादिङका नवप्रतिभा एबम् साहित्य अनुरागीहरुको मागलाई मध्यनजर राख्दै राजधानी लगाएत विभिन्न स्थलबाट साहित्यकारहरु बोलाई विभिन्न साहित्यिक लेखन सम्बन्धित तालिम दिने कार्य थालियो त्यही प्रसंगमा राजधानीको एक साहित्इिक कार्य क्रममा सहभागि हुदाँ गजलकार ज्ञानुवाकर पौडेल संग भेट हुन पुग्छ र गजलका बारेमा केही बुझ्ने अबसर मिल्यो मेरा लागि । हुन त त्यस समय भन्दा पहिले पनि गजल लेख्न प्रयास गर्ने ल गरेको थिएं । गौसलन स्थित निवासमै गएर ज्ञानुवाकर पौडेललाई धादिङ जान आग्रह गरें । उहाँले एक दिन खुसीका साथ स्वीकार्नु भयो । हामीले २ दिनको सामान्य गजल लेखन सम्बन्धी तालिम दिउँला । त्यस पछि धादिङ गजलमय बन्न पुग्यो । धेरै नव स्रष्टाहरु अरु कविता भन्दा गजल बढी लेखेको पाईयो । केही साथीहरुले संग्रह नै निकाल्नु भयो । त्यति बेलाको हाम्रे सानो प्रयासबाट सुरु भएको गजल लेखन प्रक्रिया हाल आएर केही साथीहरुले त गजल गायर एल्बम समेत निकालि सक्नु भएछ । अरु विद्या भन्दा चोटिलो लयात्मक,सगीतात्मक गजल विधालाई धादिङमा टिकाई राख्नुको अगाडि आउँछ । प्रकाश सापकोटा क्षितिज ,नविन बन्धु पहाडी ,लालकाजी श्रेष्ठ,दिपेन्द्र रिजाल,पुनेश खतिवडा,राजकुमार श्रेष्ठ,राम कुमार नेपाली,गोमा थापा, शीव शर्मा ठक्कर आदि छन् ।
आज आएर गजलले धेरै मिडियाहरु मार्फत चर्चा परिचर्चा पाएको त सबैमा जग जाहेरै छ । तर हिजो आज आएर गजल संगै फजलहरुले पनि एक चोटी राम्रो संग सोच्ने बेला आएको छ । यी विद्यमान फोहोरहरुलाई बाढीले बगाएर लगेपछि मात्र बाँकी रहेको निर्जन जल पिउन योग्य हुन्छ । धादिङ जलको भविष्य त्यही सफा जल हुनु पर्छ । गजल रहरको मात्र सिर्जना भयो भने यसको भविष्य लामो हुदैन ।
हामी गजल प्रेमीहरुले पनि गजल संगीतमा ध्यान दिनु पर्दछ । यदि विशुद्ध नेपाली गजलका सि.डि. तथा एल्बमहरु निकाल्न सकिएमा नेपाली गजल सुन्ने श्रोताहरु धेरै पाउने छन् । यसैले सम्बन्धीत सबै पक्षहरुको सिघ्र पहल जरुरी छ ।