बैरेनी कार्यशाला: अनन्त यात्राको अर्को पाइला
1215 पटक पढिएको
“हामी त यत्रो बर्षसम्म आफूलाई जे गर्दा उपयुक्त लाग्यो त्यही गर्दैआयौं । केही राम्रो भयो होला केही राम्रो भएन होला। विद्यालय सुधारको लागिविश्वविद्यालय वा तालिमहरुबाट सिकेका कुराहरुभन्दा छिमेकी वल्लो पल्लोविद्यालयहरुको अनुभव बढी काम लाग्छ जस्तो लाग्यो। हामी आफैले गरिरहेका प्रयासहरु रसंभावनाहरुको बारेमा छलफल भयो । छलफल भएकाकेही कार्यक्रमहरु यही वर्ष कार्य योजनामा राखेर लागूगर्छौं। आगामी बैठकमा फेरि अनुभवहरु आदानप्रदान गर्छौँ र सुधार्दै जान्छौ”। विगत२८ वर्षदेखि वागेश्वरी उच्च मा वि बैरेनीमा प्राचार्य रहनुभएका ध्रुवराज खतिवडालेआफ्नै कार्यकक्षमा भएको छलफल टुँग्याउदै भन्नुभयो।
सुधारको लागि हामी प्रअहरुले गर्ने प्रयत्नले पुग्दैन। आखिर कक्षाकोठामा जाने शिक्षकलाई सुधारको लागि कसरी तत्पर बनाउने भन्ने मेरो चासो हो।जनकल्याण उच्च मा वि का प्र अ शंकर भण्डारीले भन्नुभयो। महाकाली मा वि कुम्पुरकाप्र अ राजन गिरीले पोहोर साल सत्यवती र जनकल्याणले सुरु गरेको शनिवारे साप्ताहिकपरीक्षा यो वर्षबाट आफ्नो विद्यालयमा लाने निर्णय सुनाउनुभयो। सत्यवतीको लक्ष्मणशर्माले निर्माणात्मक परीक्षाको सिध्दान्त र व्यवहार बीचमा भएको खाडललाई सच्याउनअब ढिलो नगरौँ भन्नुभयो।
आज छोटो खबरको आधारमा वार्षिक कार्य योजना बनाउन आआफ्ना विद्यालयमाव्यस्त पृथ्वीराजमार्ग वरपरका ७ जना प्रअ/प्राचार्यहरु बैरेनीमा जुटेर गत वर्षकाउपलव्धीहरु र यो वर्ष आआफूले आटेका शैक्षिक सुधारको कार्यहरुको बारेमा उत्साहपूर्वक छलफल गर्नुभयो। वर्षको पहिलो चाडको दिन परेकोले होला आमन्त्रितहरु मध्येआधा मात्र जुटेका थिए। करिब ४ घण्टा भएको उक्त छलफलमा कुनैऔपचारिकता थिएन। अतिथि र विज्ञ थिएनन्। थिए त केबल शिक्षण पेशा र सार्वजनिकविद्यालयको प्रशासनिक नेतृत्वमा रहेर कपाल फुलाएका केहि र अन्य केही युवा प्रअहरु।ज्योति उमावि, केवलपुरका सहदेव रेग्मीले आफूले गत वर्ष परीक्षा सुधारको लागि गरेकाकेही प्रयत्नहरु, यसपाला तयार गरेको कम्प्युटर ल्याब र इण्टरनेटको उपयोगको बारेमाअनुभव बाड्नुभयो भने महाकाली सिम्लेका प्रअ कृष्ण प्रसाद अर्यालले प्रस्तुतगर्नुभएको विद्यालयको स्रोत साधन खर्चेर क्याम्पस चलाउने रहरले गुजुल्टो परेकोसमस्या सबैलाई घत लाग्दो भयो। सत्यवतीको लक्ष्मण शर्माले जनकल्याण विद्यालयलेगर्ने गरेको शैक्षिक भ्रमणको तरिकाबाट हामीले केहि सिक्यौँ र यो वर्ष विद्यालयकोकार्य योजनामा त्यो कुरा समावेश गरेको कुरो बताउनुभयो।
त्यसै गरी शिक्षक र विद्यार्थीहरुको आचारसंहिता, शिक्षककोअनुपस्थितीमा कक्षा संचालनको बेस्ट मोडेल, विद्यालय सरसफाइमा विद्यार्थीकोसहभागिता, अनौपचारि क्षेत्रको स्रोत परिचालनका असल अभ्यासहरु, डे बोर्डर्सकोकेवलपुरको अनुभव, विद्यार्थीहरुको मोबाइल नियन्त्रण वा व्यवस्थापनको लागि प्रचलितविधि पध्दती, बोर्डिङ स्कूलबाट निकालिएका बालबालिकाहरुको व्यवहारिक समस्याहरुकोमुद्दा, कम्प्युटर नभएका विद्यालयहरुमा अब सुरु हुने कम्प्युटर शिक्षाको बारेमा रएउटै सिफ्टमा ११ र १२ कक्षालाई ल्याउने संभावना र समस्याहरुको बारेमा पनि छलफल भयो। सबै एउटै कार्यक्षेत्र रउस्तै जिम्मेवारीमा रहेकोले संचार सजिलो भएकोथियो। एसएलसी र उमाशिपको परीक्षाकेन्द्र भएका र नभएका विद्यालयहरुको वार्षिक कार्यदिनमा भएको फरकको चर्चा भयो।विभिन्न विद्यालयका व्यवस्थापन समिति र अभिभावकको फरकफरक भूमिकाको बारेमा रमाइलोविवेचना भयो।
बैठकको कुनै ठूलो तयारी थिएन। बैरेनी स्थित वागेश्वरी उमाविकोशिक्षकहरुको कार्यकक्षमा छलफल भयो। जुट्ने बित्तिकै १ मिनेट पनि समय खेर फालिएन,छलफल सुरु गरियो। लक्ष्मण शर्माले सबै समयमा र विद्यालयहरुमा शैक्षिक सुधारकोआवश्यकता र संभावना हुन्छ। त्यसको लागि समान शैक्षिक अवस्था र सामाजिक वातावरण भएका विद्यालयहरुको विचमा अनुभवआदानप्रदान गर्ने हो भने थोरै खर्चमा र टिकाउ सुधार गर्न सकिने अनुभव बताउनुभयो।शैक्षिक सुधारका लागि देशमा शिक्षकहरुले गरेका केही सुधारात्मक उपचारहरुको उदाहरणदिनुभयो र भन्नु भयो हामीहरुमध्ये पनि ज-जसले गरेर सफलता वा असफलताबाट जे जतिसिक्यौ ती सबै अर्को विद्यालयलाई काम लाग्ने विषयवस्तु हुन् , त्यसैले बाँडौं भन्नुभयो।
छलफल रोचक भयो। उपलव्धिपूर्ण भयो। जेठमा अझ व्यापक साइजमा फेरि जुट्नेसल्लाह भयो। अर्को पटक चाहिँ खासखास विषयवस्तुमा खासखास सहभागीले सामाग्री सहितप्रस्तुत हुने समेत निर्णय गरियो। जस्तै लक्ष्मण शर्माले शिक्षामा सूचनारप्रविधीको प्रयोगमा सत्यवतीको अनुभव, जनजागृतिले विद्यालयमा अनौपचारिक क्षेत्रकोसहयोग परिचालन, भूवनेश्वरीको प्रअ रामचन्द्र आचार्यले कक्षा व्यवस्थापनमावालवालिकाको सहभागिता, मलेखु वागेश्वरीको प्राचार्य देवप्रसाद त्रिपाठीले उच्चमावि तहको व्यवस्थापनको अनुभवहरु प्रस्तुत गर्ने निर्णय गरियो । विद्यालय आफैस्वायत्त र स्वतन्त्र क्षेत्र भएकोले यो संयन्त्रले कुनै हस्तक्षेपकारी भूमिकानगर्ने र यस्तो छलफललाई अनुभवको आदानप्रदानको लागि मात्र प्रयोग गर्ने भन्ने सहमतिभयो।
आजको छलफललाई अवलोकन गर्ने एक जना आमन्त्रित शिक्षकभन्दैहुनुहुन्थ्यो, “ त्यहाँ परम्परागत तह थिएन, विद्वताको दवाव थिएन, औपचारिकताकोअप्ठेरो थिएन, स्वाभाविक थियो। त्यसैले छलफल जिउँदो थियो। विषयवस्तुहरु वास्तविकसमस्याहरु नै थिए। ती साझा थिए। त्यसैले यति सामान्य तयारी तर सार्थक छलफल भयो।छलफलबाट मैले पनि धेरै सिकें”।
सिम्ले महाकालीका प्रअ सबैका “गुरू”कृष्ण अर्याल भन्दै हुनुहुन्थ्यो;“धेरै बसियो, बात मारियो, संगसंगै काम गरियो तर आज सा-है मजा लाग्यो। यो तरिका पोकाम लाग्छ क्या रे। ल है फेरि पनि जुट्नुपर्छ”। लक्ष्मण शर्मा ज्योतिको प्राचार्यसहदेव रेग्मीतिर हेरेर भन्दैहुनुहुन्थ्यो, नयाँ ठिटाहरुले नीरंतरता दिनुपर्दछ।सहदेव भन्दै हुनुहन्थ्यो, “हुन्छ, गर्ने नि” !