गजल
1003 पटक पढिएको

ठूलो पहाड चढ्दै छु म चार दिन लाग्छ
कतै हराभरा लाग्छ कतै मलिन लाग्छ
ति कुकुरहरुलाई देशको के चिन्ता हुन्थ्यो ?
उनीहरुलाइ त महत्त्वपूर्ण खानपिन लाग्छ
दिनहुँ बलात्कृत भएका छन् चेलिबेटीहरु
छोरी मारेको दिन बाउलाइ रंगीन लाग्छ ?
मेरो भाइ परदेशमा शौचालय सफा गर्छ
उसलाई नेपालमा गाई पाल्न घिन लाग्छ
नेपाल अमुल्य खजानाको केन्द्र पो रहेछ
कैले भारत पछि लाग्छ कैले चिन लाग्छ