फूलखर्क कल्याणकारी कोषको आन्तरिक लेखा परिक्षण उप समिति गठन
988 पटक पढिएको
धादिङ, ९ असार । धादिङ जिल्लाको फुलखर्कमा जन्मिएर अस्थायी तथा स्थायी रुपमा काठमाण्डुमा रहदै आएका फुलखर्कबासीहरु साझा सस्था फूलखर्क कल्याणकारी कोषको वैठक असार ८ गते शनिबार विहान मनमैजुमा बसेको छ । अध्यक्ष नकुल अधिकारीको निवासमा बसेको वैठकले कोषको आन्तरिक लेखा परिक्षण उप समिति गठन गर्दै जस्को संयोजकमा कुमार अधिकारी तथा सदस्यहरुमा मिन वहादुर वानियाँ र राजेन्द्र अधिकारीलाई चयन गरेको छ ।
त्यसैगरी कल्याणकारी कोषमा सवैको सहभागिता गराउन फूलखर्कवासी सवैलाई आवद्ध हुनका लागि आव्हान गर्दै , हालै दिवंगत हुनु भएका फूलखर्क निवासी कमल वहादुर अधिकारी तथा मन कुमारी अधिकारी (स्व. डिल्लीसिं अधिकारीको श्रीमती) प्रति श्रद्धान्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गरेको छ । कोषको आगामी वैठक पं.रामप्रसाद नेपालको निवास मनमैजुमा २०७० साल भाद्र २९ गते शनिवार विहान ७ वजे वस्ने निर्णय भएको बताईएको छ । कल्याणकारी कोषमा आवद्ध हुन वाँकी फूलखर्कवाट काठमाडौं, पोखरा लगायत अन्य मूलुकहरुमा वसोवास गर्ने सवैमा कोषले अनुरोध गरेको कोषका सदस्य अमर अधिकारीले धादिङन्युज लाई जानकारी दिनु भयो ।