तरकारी खेतीले बढाएको आत्मबल

794 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कबि पुडासैनी

धादिङ/धादिङ जिल्लाको रि गा.वि.स.को कराङ गाउँमा रहेको शान्ति सामाजिक परिवार/सामुदायीक संस्था जुन रि गाउँकै पनि पिछडिएको ठाउँको नामले परिचित रहेको छ । धादिङको सदरमुकामबाट पनि पूरै एक लेनको बाटोमा रहेको तर गदि भारी भएमा दुई दिन लाग्ने यस गाउँका दुई यूवा तरकारी खेतीमा लागेका छन् । कराङ गाउँका दुई यूवा मध्येका राम ब. तामाङ उमेरले २३ बर्षका भए पनि १६ बर्षकै उमेरमा विवाह गरेका उनी २ छोरीका बाबु पनि हुन् । कक्षा ३ सम्मको अध्यन गरेका राम ब. चाँडो विवाह हुनुमा गाउँको रितिरिवाजनै यस्तै भएको र पढन नपाउनुको कारण गाउँमा त्यस बेला विद्यालय नभएको र पढनको लागी रिचेत वा किचेत जानु पर्ने जुन् गाउँबाट धेरै टाढा रहेकोले जान नसकेकोले बताए ।

उमेको जवानीमै विवाह वन्धनमा बाँधिनु पर्दा सबै जिम्मेवारी आफुमा आएकोले कसरी जिवनयापन गर्ने भन्ने समस्याले साह्रै पिरोलेको थियो र खानको लागी पनि धौ–धौ परिराखेको थियो र यत्तिकैमा २०६८ मा गाउँमा समग्र विकास सेवा केन्द्र द्धारा गरिबी निवारण कोषको सहयोगमा समुह गठन गरी त्यस अन्र्तगत आय–आजर्न मूलक कार्यक्रम संचालन गर्ने भनि शान्ति सा.स/सा.प गठन गरीयो र म पनि त्यसको सदस्य भए र समुहबाट ऋण लिए किराना पसल थापे र अहिले सम्म पनि त्यो पसल संचालनमा रहेको छ र गाउँमा यसले राम्रोनै आम्लानी गरीराखेको छ जसले मेरो जिवन चल्न सारै ठूलो मद्दत  गरीराखेको छ ।पसल राखेर मलाई अर्को फाईला पनि पुगेको छ किनकी म पसलमा बस्दा पनि डालो बुनेर बस्ने गर्दछु  जसले गर्दा मलाई दोहोरो फाईला पुगेको छ र आम्दानीमा पनि फाईदा पुगेको छ यसको लागी समग्र विकास सेवा केन्द्र तथा ग.नि.कोषलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।  त्यस पछि मैले गाउँकै अर्का साथि गणेश घलेसंग मिलेर कुखुरा पाल्न थाले । पहिले हामी दुई जना मिलेर १०० वटा कुखुरा पाल्ने निर्णय गरेर कुखुरा खोरमा हाल्यौ यसका लागी अपुग केहि रकम अरुसंग पनि लियौ र शुरु गर्यौ  । पहिलो पटक हालेको कुखुरा मध्ये २० वटा स्वर्ग गयो र बाँकी बेच्यौ जसबाट हामीलाई फाईदा नभए पनि घाटा भएन र फेरी पनि कुखुरा पाल्ने सोचमा छु ।

यसको अलावा राम ब. तामाङ गाउँकै त्यस्ता किसान पनि बनेका छन् जसले आफ्नो बारीमा आफुलाई चाहिने तरकारी आफै फलाउने गर्दछन् । उनको बाँरीमा जाँदा उनको बाँरीमा बन्दा, प्याज, काउली लगाएका थिए र जसमा प्याज र बन्दा राम्रो संग फलेको थियो । हुन त उनको व्यवसाहिक खेति नभए पनि उत्पादनको हिसाबले पछि परेको त्यस्तो विकट क्षेत्रमा तरकारी खेतीको संभावना प्रशस्त रहेको देखिन्थ्यो । त्यस्तै यरमिया तामाङ जो उमेरले १८ बर्ष कि भईन उनी पनि गाउँमा तरकारी खेती गर्ने यूवामा पर्छिन् । यनले पनि आफूलाई चाहिने तरकारी आफै उत्पादन गर्छिन । उनको बारीमा पनि प्रश्सत तरकारीहरु फलेका थिए र केहि मात्रामा बेच्न पनि सकिन्थ्यो ।

उनको भनाई अनुसार गाउँमा यदि तरकारी खेती गर्ने हो भने सम्भावना छ तर बजारको अभावले गर्दा यसको व्यवसाहीक खेती हुन् सकेको छैन् र उत्पादित तरकारी पनि गाउँमा बिनेर खाने चलन नभएकाले गर्दा तरकारी खेती व्यवसाहिक रुपमा गर्न नसकिएको हो । मैले पनि रोपेको तरकारी मध्ये आफुले खाएर नसकिएको गाउँमा बाँडने गरेको छु र केहि मात्रामा मात्र बेच्ने गरेको छु भन्छिन् ।यसरी गाउँको मानीसलाई बजार तथा त्उस सम्म व्यपारीहरुको पहुँच पू–याउँन सके साँच्चै गाउँको जिवन स्थरमा अरु बढि टेवा पुग्ने थियो ।

(कुराकानीमा आधारित)